June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
सल्यानको कपुरकोट गाउँपालिकामा राप्रपाको प्रथम अधिबेशन सम्पन्न, विभिन्न पार्टी बाट ४३ जना प्रवेश

सल्यानको कपुरकोट गाउँपालिकामा राप्रपाको प्रथम अधिबेशन सम्पन्न, विभिन्न पार्टी बाट ४३ जना प्रवेश

फागुन १८, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा राप्रपाको प्रथम अधिबेशन सम्पन्न भएको छ । सोमबार कपुरकोटमा भएको प्रथम अधिबेशन बाट झग्गु प्रसाद रानाको अध्यक्षतामा ३१ सदस्य गाउँकार्य समिती चयन भएको हो ।

गाउँपालिका स्तरिय प्रथम अधिबेशनको अवसरमा विभिन्न पार्टी परित्याग गरि ४३ जना स्थानीय नेताकार्यकर्ताहरूले राप्रपामा प्रबेश गरेका छन । नव प्रवेशीहरूलाई राप्रपा पूर्व सहमहामन्त्री तथा केन्द्रीय कार्य संपादन समिती सदस्य राजेन्द्रवीर रायले सदस्यता प्रदान गर्नु भएको बताइएको छ ।

कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य अनुबम सिंह श्रेष्ठ, जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरू लगाएत जिल्ला तहका अन्य नेताहरूको उपस्थिति रहेको थियो । बैशाखमा हुने केन्द्रिय महाधिवेशनको तयारी स्वरुप राप्रपाले वडा देखि पालिका सम्मको अधिबेशनलाई तिब्रता दिएको छ ।