May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
सल्यानमा राप्रपाको आधार ईलाका बन्दै सिनवाङ, विभिन्न पार्टी बाट ७ दर्जन कार्यकर्ता प्रवेश

सल्यानमा राप्रपाको आधार ईलाका बन्दै सिनवाङ, विभिन्न पार्टी बाट ७ दर्जन कार्यकर्ता प्रवेश

साउन २४ सल्यान । सल्यानमा काङ्ग्रेस र कम्युनिष्ट पार्टी विच एक अर्काका स्थानिय नेता कार्यकर्ता तानातान भैरहेको वेला कपुरकोट गाउँपालिका ६ सिनवाङमा भने बिभिन्न पार्टी परित्याग गरेर करिव ७ दर्जन स्थानिय युवा, नेता तथा कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका छन ।

शनिवार सिनवाङमा भएको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस-कम्युनिष्ट पार्टी परित्याग गरेर ७ दर्जन स्थानिय युवा, नेता तथा कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई राप्रपाका केन्द्रीय सदस्य अनुबम सिंह श्रेष्ठ, प्रदेश सदस्य शिला बुढाथोकि, जिल्ला उपाध्यक्ष प्रदिप थापा, सचिव नारायण शर्मा, सदस्य आनन्द बुढा र क्षेत्रीय अध्यक्ष श्याम कृष्ण बोहोरा लगायतका नेताहरुले स्वागत गरेका छन ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य श्रेष्ठले नेपालको राष्ट्रियता , पहिचान र सनातन धर्म तथा परम्परा माथी भैरहेको अत्याचार र हमलालाई परास्त गर्न सवै नेपाली राप्रपाको झण्डा मुनी गोलबन्द हुनुपर्ने बताउनु भयो । देशको राष्ट्रियता, पहिचान, धर्म र परम्पराको संरक्षण गर्नु र बचाउनु सवै नेपालीको परम धर्म र कर्तव्य भएको र राप्रपा त्यसैको लागी लडिरहेको उहाँको भनाई छ ।

राप्रपा कपुरकोट गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जित बहादुर बोहोराको अध्यक्षता सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा कोरोना महामारीलाई ध्यानमा राखेर सहभागीहरुलाई पार्टीको तर्फवाट मास्क पनि वितरण गरिएको थियो ।

यस अघि पनि सोहि वडाको सरस्वती आधारभूत बिद्यालय सिन्बाङको ब्यबस्थापन समिति चयनको लागी भएको निर्बाचनमा राप्रपा समर्थित लाल बहादुर बोहराको नेतृत्वमा पुरै प्यानल बिजयी भएको थियो । पछिल्लो समय सल्यानमा राप्रपाले आफ्ना गतिबिधि बढाउदै आएको छ भने सिनवाङ क्षेत्रमा उसले आफ्नो बर्चश्व बढाउँदै गएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज