April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
नेकपाको त्रिवेणी गाउँपालिका वडा नं ३ को सपथ ग्रहन सम्पन्न, काङ्ग्रेस छोडेर ८१ जना नेकपामा प्रवेश

नेकपाको त्रिवेणी गाउँपालिका वडा नं ३ को सपथ ग्रहन सम्पन्न, काङ्ग्रेस छोडेर ८१ जना नेकपामा प्रवेश

भदौ १०, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्रिवेणी गा.पा.- ३ नं. वडा कमिटिकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार ढुङ्गीबगरमा भएको कार्यक्रममा २५ सदस्यीय वडा कमिटिलाई गाउँ कमिटि अध्यक्ष लाेकेन्द्र सिंह खड्काले सपथ ग्रहण गराउनु भएको हो।

सपथ ग्रहन कार्यक्रममा नेपाली काङ्ग्रेस परित्याग गरि १ जना जिल्ला सदस्य सहित ८० जना स्थानीय कार्यकर्ता नेकपामा प्रवेश गरेको नेताहरूले बताएका छन ।

सपथ ग्रहन कार्यक्रममा प्रतिनिधिसभा सदस्य, नेकपा सल्यान जिल्ला ईन्चार्ज तथा पूर्व मन्त्री मा. टेकबहादुर वस्नेत लगाएत गाउँ कमिटी अध्यक्ष लाेकेन्द्रसिंह खड्का, गाउँ कमिटिमा सचिव अजय राेका, जिल्ला कमिटि सदस्यहरु:- भिउसेन नेपाली, बुद्धि के.सी., लाल बहादुर बपाल र गाउँ कमिटि सदस्यहरु: पवित्रा के.सी, डिल्ली के.सी., कुल बहादुर भण्डारी, छविलाल खत्री, खिम बहादुर शाह, कृष्ण बहादुर के.सी., शान्ता वली, रत्न राणा, गाेविन्द के.सी., जुद्ध राणाको आतिथ्यता रहेको थियो ।

वडा कमिटि अध्यक्ष, मान बहादुर डाँगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन वडा कमिटि सचिव, नेब बहादुर खड्का गरेका थिए । कार्यक्रममा कृष्ण बहादुर के.सीले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।

काँग्रेसको गढ भत्कि’यो : सांसद बस्नेत

सपथ ग्रहन कार्यक्रम पछि कमिटीलाई शुभकामना दिदै नेकपा सल्यान जिल्ला ईन्चार्ज तथा पूर्व मन्त्री मा. टेकबहादुर वस्नेतले त्रीवेनिमा युवाहरुकाे नेकपा प्रवेशकाे लहरले काङ्ग्रेसको गढ भ’त्किएको बताउनु भयो । युवाहरुकाे नेकपा प्रवेशकाे लहरले त्रिवेणी भित्रका काँग्रेस मात्र नभै जिल्लैभरीका काँग्रेसीहरुकाे निद्रा खल्वलिएकाे उहाँको भनाइ छ ।

साथै विकास एक्लै सम्भव नहुने बताउदै उहाँले आपसमा एकता र गठजाेर हुन जरुरी छ भएको बताउनु भयो । सल्यानमा बिकासको गति कम भएपनि विकासै नभएकाे भनेर काँग्रेसले गलत भ्रम फैलाएकाे उहाँको आरोप छ । गाउँ गाऊँमा बाटाे, विजुली, खानेपानी, सिंचाईंका धेरै भएता पनि धेरै गर्न बाँकी रहेको उहाँले बताउनु भयो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज