April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
विपिलाई हामि काङ्ग्रेसले हाम्रो मात्रै भन्यौं भने उहाँ प्रति नै अपमान हुन्छ : राजेन्द्र बहादुर शाह

विपिलाई हामि काङ्ग्रेसले हाम्रो मात्रै भन्यौं भने उहाँ प्रति नै अपमान हुन्छ : राजेन्द्र बहादुर शाह

सुन्दरीजल जेलबाट बाहिर आएपछि विपि बनारस गएर बस्नु भयो । बनारसको सारुनाथ भन्ने ठाउँमा उहाँको डेरा थियो । २०३० सालमा पहिलो पटक बनारसमा उहाँ सँग मेरो भेट भयो र धेरै भेट पनि बनारसमै भयो ।

त्यतिवेला पठनपाठन, राजनिति र अन्य कारणले बनारसमा धेरै नेपालीको बसोबास थियो । बेलाबेला राजनितिक कार्यक्रमहरु हुन्थ्ये । कार्यक्रमा गएर उहाँका अभिभाषणहरु सुन्थ्यौं ।

त्यतिवेला हामि सानै थियौं । भर्खर भर्खर विद्यार्थी राजनिति सुरु गरेका थियौं । सवाल जवाफ गर्ने हाम्रो औकात त थिएन, तै पनि कनिकुथी मन लागेका एउटा दुईटा कुरा सोध्ने र सुन्ने गथ्यौं ।

पछि २०३३ सालमा उहाँ नेपाल फर्किसके पछि जनमत संग्रहका ताका उपत्यका भित्र र बाहिर उहाँलाई देखेको छु ।

बनारसमा होस वा नेपालमा, उहाँलाई गज्जबको फुर्सद थिए । राजकाज थिएन । त्यसैले उहाँलाई नभेट्ने भन्ने मान्छे नै हुदैन थिए ।

विपि प्रश्न सोध्ने, खोजीनिति गर्ने र जिज्ञासा राख्ने मान्छेलाई राम्रो मान्नु हुन्थ्यो । जस्ले जे सोधे पनि मानौं उहाँ विपि नै होइन जस्तो गरेर एउटा साथीभाई, जानकार र गुरुको नाताले सरर सबै कुराको उत्तर दिनु हुन्थ्यो ।

विपिले जतिसुकै असन्तुष्ट भएर कुरा गर्ने कार्यकर्तालाई पनि पुर्णरुपमा सन्तुष्ट गराएर पठाउनु हुन्थ्यो । त्यसैले हाम्रा सिनियर साथीहरु भन्थे – ‘सान्दाजु (विपि बावु) लाई आज चैं यस्तो अप्ठेरो प्रश्न सोधेर अन्टसन्ट बनाउछु भनेर रिसाएर गयो तर उहाँका कुरा सुन्न बित्तिकै सवै खत्राकखुत्रुक भईन्छ । सवै चित्त बुझाएर पठाउनु हुन्छ ।’

विपिको जिवनशैली सरल थियो । बरु अहिलेका हाम्रा तथाकथित नेता भन्ने साथीहरुको लवाईखवाई, रवाफ, बसोवास, छाटकाँट, बैठक कक्षहरु हेर्दाखेरी सामान्यतया नयाँ मान्छेहरु त्यहाँ पुग्दाखेरी हिच्किचाहट हुने खालको सजावट छ ।

तर त्यसको बिपरित सान्दाजु (विपि) बस्ने ठाउँमा जाने वेला स्वंममा आफै कमजोर भएर खुम्चिनु छुट्टै कुरा भयो । हैन भने वातावरणको कारणले असहज भन्ने हुदै हुदैन थियो ।

विवि बाट के सिक्ने ?

मेरो बुझाईमा विपि कोईराला बनेको सिर्फ दुईटा कुराले हो । एउटा असल संस्कार र अर्काे प्रचुर ज्ञानको भण्डार । यि दुई कुराको मिश्रणले उहाँको व्यवहार असल बनायो । उहाँलाई दुरद्रष्टा बनायो । चिन्तक बनायो । बिश्लेषक बनायो । साहित्यीक र राजनितिक बनायो । त्यसैले नै उहाँलाई हाम्रो भण्दा ठुलो देशका प्रधानमन्त्री तथा राजनेताहरुले अदवका साथ मित्रवत व्यबहार गर्थे ।

मान्छे भावले मात्र होइन , ज्ञानले पनि असल हुनुपर्दछ । आज राजनितिमा मात्रै होइन । समाजका जुनसुकै पेशामा काम गर्ने जो कोहीले पनि यदि विवेक छ भने विपिबाट सिक्नु पर्ने मुलत यिनै दुईटा कुरा यिनै हुन ।

अतः विपि कोइराल मुल रुपमै एउटा संस्था हो । विश्वविद्यालय हो । स्वंयममा एउटा राजनिति, सिद्धान्त र दर्शन हो । आज विपिलाई हामि काङ्ग्रेसले हाम्रो मात्रै भन्यौं भने उहाँ प्रति नै अपमान हुन्छ । अब उहाँ सवैको साझा हो । किनकि आज यो देश भित्र र बाहिर उहाँको राजनितिक दर्शन र जिवनको वारेमा हजारौं हजार मानिसहरुले अनुसरण गरिराखेको अवस्था छ ।

(नेपाली काङ्ग्रेसका नेता तथा पुर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाह सँग ३८ औं विपि स्मृति दिवसको अवसरमा नयाँ दृष्टि डटकमले गरेको कुराकानीमा शाह द्वारा प्रस्तुत विचारको सम्पादित अंश ।)

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज