सल्यान काङ्ग्रेसले सम्झियो विपीलाई, मनायो स्मृति दिवस
साउन ६, सल्यान
नेपाली कांग्रेस सल्यानले एक कार्यक्रम गर्दै जननायक विपि कोइरालाको ३९ औ स्मृति दिबस मनाएको छ। कोईरालाको स्मृति दिवसको अबसर पारेर समासामयिक अबस्था विषयक बिचार गोष्ठि सम्पन्न गरेको हो।
नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य डिल्लीराज रेग्मिको प्रमुख आतिथ्यतामा सम्पन्न बिचार गोष्ठीमा बोल्दै नेताहरुले विपिको बारेमा चर्चा गरेका थिए। बिपिले गरेका क्रीयाकलापको चर्चा गर्दै नेताहरुले बिपिको मार्ग निर्देशन अनुसार पार्टी चल्न नसकेको प्रती चिन्ता ब्यक्त गरे। विपि कोईराला नेपाली कांग्रेसका नेता मात्र नभै सम्पुर्णका मार्ग दर्शक भएको उनिहरुले बताएका छन।
नेताहरुले विपिका जस्तै असल संस्कार र अथाह ज्ञान सबैमा हुनुपर्नेमा आफ्नो बिचार ब्यक्त गरे। भोलि आउने पिढिलाई विपिका असल गुनहरु सिकाउनु पर्नेमा उनिहरुले जोड दिएका थिए। कोईरालाको प्रेरणा बाट आफुहरु राजनितीमा सक्रिय भएको भन्दै उनको प्रेरणा सबैसामु पुर्याउनु पर्नेमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै अहिलेको अबस्थामा सल्यान कांग्रेसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्दै सहभागीहरु तथा नेताहरुले चिन्ता ब्यक्त गरेका थिए। नेता कार्यकर्ताहरुले जनता समक्ष आफ्नो र पार्टीको क्रीयाकलापहरु बढाउनुपर्ने बताउदै आफुहरुले आफ्ना बानीहरु समेत सुधार्दै अगाडि बढ्नु पर्ने उनिहरुले बताए।
अहिले दुई पार्टी मिलेर बनेको नेकपा सँग जुध्नलाई पुर्ब तयारी गर्नुपर्ने भन्दै मिलेर पार्टीलाई चलायमान बनाउनुपर्ने धारणा राखेका थिए। पार्टीमा ठुला कुनैपनि विवाद नरहेको भन्दै ढुक्कका साथ आफ्ना गतिबिधी बढाउन कार्यकर्ता हरुलाई निर्देशन समेत दिएका थिए।
कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष बिरबहादुर सेजवाल,प्रदेस निर्वाचन ९ख० का सभापती सन्तोस केसि, महिला नेतृ करुणा खड्का, जिल्ला कार्यसमिती सदस्य सीता केसि,महासमिती सदस्य मानबहादुर डाँगी ,प्रदेश सभा सदस्यका प्रत्यासी एकराज डाँगी ,महासमिती सदस्य केसबहादुर बिस्ट, पुर्ब शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाह र पुर्ब केन्द्रिय सदस्य डिल्लीराज रेग्मीले आफ्नो बिचार ब्यक्त गरेका थिए।
महाधिवेशन प्रतिनिधि प्रेम बहादुर डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता उपसभापति निमबहादुर वलिले गरेका थिए। कार्यक्रमको संचालन सह सचिब सन्तोष सेन वलिले गरेका थिए। विपिको सम्झनामा सल्यान कांग्रेसले आज मुलपानीमा वृक्षारोपण पनि गरेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्