काङ्ग्रेस भित्र सैद्धान्तीक विवाद छैन: बिष्ट
नेपाली काङ्ग्रेसका नेता तथा जिल्ला समन्वय समिति सल्यानका सभापति केशवहादुर विष्टले नेपाली काङ्ग्रेस भित्र सैद्धान्तीक विवाद नभएको वताउनु भएको छ ।
विपि कोइराला स्मृति दिवसको अवसरमा नयाँ दृष्टि डटकम सँग कुरा गर्दै उहाँले काङ्ग्रेस भित्र काम गर्ने शैली, चिन्तन र व्यवहारमा मात्रै समस्या रहेको वताउनु भएको हो ।
‘विपिले त्यतिवेला अघि सारेका विचार, सिद्धान्तमा अहिले पनि खोट लाउने ठाउँ छैन ।’ उहाँले भन्नुभयो – ‘हामि सत्तामा हुदाखेरी वा सत्ता बाहिर हुदाखेरी काङ्ग्रेसमा हुनु पर्ने स्वभाविक अशल सोच, आचरण, आनीबानी र जनताले मन पराउने खालका व्यवहारहरु गर्न सके मात्रै विपिलाई सम्झनु र स्मृति दिवस मनाउनुको सार्थकता हुनेछ ।’
बाहिर बाहिर आदर्सका कुरा गर्ने तर देशका ज्वलन्त बिषयहरुमा आफुलाई समाहित गरेर जान नसक्ने मान्छे अशल काङ्ग्रेस नहुने उहाँको भनाइ छ ।
प्रतिकृया दिनुहोस्