May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
सल्यानमा आ’क्रामक बन्दै राप्रपा

सल्यानमा आ’क्रामक बन्दै राप्रपा

चैत ७, सल्यान । राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानमा  संगठन निर्माण , बिस्तार तथा जागरण अभियानलाई आक्रा’मक रुपमा तिब्रता दिएको छ ।

शुक्रबार उक्त पार्टीले छत्रेश्वरी गाउपालिका वडा नम्बर ६ रानागाउमा निमनाथ योगीको अध्यक्षतामा २७ सदस्यीय राप्रपा रानागाउ इकाई समिती गठन गरेको जिल्ला सभापति नेत्रलाल श्रेष्ठले बताउनु भएको छ ।

रानागाउमा आयोजित कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य अनुबम सिंह श्रेष्ठ , प्रदेश सदस्य रत्नलाल भण्डारी लगाएतका नेताहरू सहभागी भएका थिए ।

जागरण अभियानका क्रममा राप्रपाका नेताहरूले नेपालमा संबैधानिक राजसंस्था , हिन्दु राष्ट्र र राप्रपाको आवस्यकताका बारे जनतालाई सुसुचित गर्ने गरेका छन ।

पछिल्लो समय सल्यानमा राप्रपा आक्रा’मक रुपमा प्रस्तुत हुन् थालेको छ । केहि समय अघि सल्यान सिनवाङ्माको एउटा बिद्यालय व्यवस्थापन समितिको चुनावमा राप्रपाको पुरै प्यानल बिजय भएको थियो ।

राप्रपाले  कालिमाटी, बागचौर र त्रीबेणीमा जागरण अभियान सम्पन्न गरिसकेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज