May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
सल्यानको छत्रेश्वरीमा राप्रपाको प्रशिक्षण, नेताहरु भन्छन– “हिन्दु राष्ट्र र राजसंस्था, आजको आवस्यक्ता”

सल्यानको छत्रेश्वरीमा राप्रपाको प्रशिक्षण, नेताहरु भन्छन– “हिन्दु राष्ट्र र राजसंस्था, आजको आवस्यक्ता”

साउन ३१, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार, पुर्व सांसद नेत्रलाल श्रेष्ठ, केन्द्रीय सदस्य अनुबम सिंह श्रेष्ठ, प्रदेश सदस्य शिला बुढाथोकी, जिल्ला सदस्य गणेश भण्डारी, देवेन्द्र थापा र क्षेत्रिय अध्यक्ष श्यामकृष्ण बोहोराको आतिथ्यतामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै राप्रपा सल्यानका नेताहरुले नेपालमा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापना आजको अपरिहार्य आवस्यक्ता भएको बताएका छन । देशको हितको लागी राप्रपाले आत्मसाथ गरेको विचार र सिद्धान्तले कहिल्यै हार नखाने बताउदै उनिहरुले धर्म, सँस्कृती र परम्परा जोगाउन नेपाल हिन्दु राष्ट्र हुनु पर्ने र राष्ट्रियताको रक्षार्थ देशमा संवैधानिक राजसंस्था पुनःस्थापना हुनुपर्ने बताएका हुन ।

राप्रपाको चाहाना, नयाँ सल्यानको स्थापना :

प्रशिक्षण कार्यक्रममा राप्रपा सल्यानका नेताहरुले राप्रपाको चाहाना नयाँ सल्यानको स्थापना भएको पनि बताएका छन । नयाँ सल्यान स्थापनार्थ युग सुहाउदो शिक्षाका लागी जिल्लाका यथासम्भब विद्यालयहमा निशुल्क इन्टरनेट जडान गरेको, आत्मनिर्भर, सदाचारी, सिपयुक्त युवा उत्पादनको लागी विभिन्न सिपमुलक तालिमहरुमा सल्यानी युवाहरुलाई निशुल्क सहभागी गराएको, गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नको लागी छात्रवृद्धि दिलाउदै आएको र जिल्लामा मुटुरोग विशेष शिविर संचालन गरेको बताउदै उनिहरुले नयाँ सल्यान स्थापनार्थ आगामी दिनहरुमा पनि यस्ता जनमुखी र सेवामुलक कार्यक्रमलाई निरन्तरता दिइने बताएका हुन ।

त्यसैगरी प्रशिक्षण कार्यक्रममा बोल्दै नेताहरुले राप्रपाले सल्यानमा कोरोना मुक्त सल्यान अभियान संचालन गर्ने पनि बताएका छन । अभियान अन्तरगत जिल्लाका मुख्यमुख्य चहलपहल र भिडभाड हुने ठाउँहरुमा जनचेतना फैलाउने र निशुल्क मास्क वितरण गरिने उनिहरुले बताए ।

अभियानको शिलशिलामा शनिवार पनि खलंगा देखी श्रीनगर, लान्ती हुदै कार्यक्रम स्थलसम्म पुग्दा बाटोमा मास्क नलगाएर हिडेका सर्वसाधारण लगाएत पसलका साहुजीहरुलाई करिव ४५० भन्दा बढि मास्क बितरण गरेको र कोरोनालाई हेलचक्राई नगर्न जागरण र परामर्श दिएको नेताहरुले बताएका छन । निशुल्क मास्क वितरण र जनजागरण अभियानलाई जिल्लाव्यापी बनाउने उनिहरुले बताए ।

विभिन्न पार्टीे परित्याग गरि ५४ जना राप्रपामा प्रवेश :

हल खचाखच भरिएको  प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ५४ जना स्थानिय नेता कार्यकर्ताले राप्रपामा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई पुर्व सांसद नेत्रलाल श्रेष्ठ, केन्द्रीय सदस्य अनुबम सिंह श्रेष्ठ लगाएत कार्यक्रममा उपस्थित नेताहरुले स्वागत गरेका थिए ।

वडाध्यक्ष जित बहादुर राणाको अध्यक्षतामा भएको सुरु भएको कार्यक्रमको संचालन नवराज विष्टले गरेका थिए । कार्यक्रम बाट टेकबहादुर बुढाथोकीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको राप्रपा सल्यानले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज