रुकुम बाट काठमाडौ जाँदै गरेको सरकारी गाडी दुर्घटना

रुकुम बाट काठमाडौ जाँदै गरेको सरकारी गाडी दुर्घटना

जिल्ला समन्वय समिति रुकुम पश्चिमको स्कार्पियो आज बिहान रुकुम पश्चिमको मुसिकोट नगरपालिका –८ घोरखानीस्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार यात्रुबाहक बसले सरकारी स्कार्पियोलाई ठक्कर दिएको हो । ठक्करबाट दुवै सवारीसाधनमा क्षति पुगेको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

प्रहरीका अनुसार बिहान करिब ७ः३० बजे रुकुम पश्चिमको खलंगाबाट काठमाडौंतर्फ जाँदै गरेको जिल्ला समन्वय समिति रुकुम पश्चिमको क.प्र.०२–००१ झ ००९२ नम्बरको सरकारी स्कार्पियोलाई विपरीत दिशाबाट काठमाडौंदेखि चौरजहारीतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५१८७ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको हो।

दुर्घटनाका सवारी साधन बसमा चालकसहित २२ जना र स्कार्पियोमा ४ जना सवार रहेका थिए।

घटाना के कसरी घट्यो भन्ने बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज