दाङमा ट्याङकी भित्र मृत फेला परेका २ जनाको पहिचान खुल्यो
दाङ/साउन ६
दाङको तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङकी भित्र मृत फेला परेका दुई जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान घर भई हाल तुलसीपुर ९ बेलुवा बस्ने अन्दाजी ४२ बर्षिय कमल गिरि र सोहि ठाउँका अन्दाजी ३५ बर्षिय घनश्याम गिरि रहेका छन।
कमल घर बनाउने ठेकेदार हुन भने घनश्याम मिस्त्री रहेको प्रहरीले बताएको छ ।
तुलसीपुर ६ रजौरा स्थित मनिराम चन्दको निर्माणाधीन घरको पानी ट्याङ्कीमा सेटिङ निकाल्न भनेर दुवै जना हिजो बेलुका करिव सवा पाँच बजेतिर ट्याङकी भित्र पसेको भन्ने कुरा खुलेको प्रहरीले बताएको छ । उनीहरु ट्याङकी भित्र पसेपछि एक्कासी आज विहान करिव दश बजेतिर मात्रै स्थानियले देखेपछि प्रहरीलाई जानकारी गराईएको थियो।
ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली घटनास्थलमा पुगेर शव निकाल्ने कार्य भईरहेको छ भने घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।



















लेखकको सम्वन्धमा