प्रेमिकासँग विवाह गराइदिन माग गर्दै युवक चढे टावरमा
काठमाडौ/साउन ३
सर्लाहीमा प्रेमिकासँग विवाह गराइदिन माग गर्दै एक युवक नेपाल टेलिकमको टावरमा चढेका छन्।
आइतबार बिहान ५:४५ बजे २५ वर्षीय युवक मलंगवामा रहेको नेपाल टेलिकमको टावरमा चढेका हुन्।
गोडैता नगरपालिका-९ का उनले आफ्नी प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टावर चढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए।
ती युवकको नाम प्रहरीले गोप्य राखेको जनाएको छ।
प्रहरीले सम्झाइबुझाइ ती युवकलाई साढे ८ बजेतिर टावरबाट झारेको थियोे।


लेखकको सम्वन्धमा