वैदेशिक रोजगारमा UAE गएका,रुकुमका एक युवा सम्पर्क बिहिन

वैदेशिक रोजगारमा UAE गएका,रुकुमका एक युवा सम्पर्क बिहिन

कर्णाली/ साउन ११

वैदेशिक रोजगारको शिलशिलामा UAE गएका रुकुम- पश्चिमका एक ब्यक्ति सम्पर्क बिहिन भएका छन।
जिल्लाको त्रीवेणी गाउँपालिका- ५ जिबाङ निवासी  नन्दराम वली लामो समयदेखि सम्पर्क बिहिन भएका हुन।

परिवार स्रोतका अनुसार उनि संयुक्त अरब इमिरेट्स (UAE) मा रहेको THAMAR ALKOUNE CAFETERIA L.L.C कम्पनीमा कार्यरत रहेको जानकारी दिएका छ्न।

बुबा जय बहादुर वलि र आमा सुष्मा वलिका अनुसार नन्दराम वलि बिगत ३/४ महिनादेखी घर परिवार सम्पर्क नआएको र सम्पर्क गर्दा अहिलेसम्म पनि उनी सग सम्पर्क नभएको हुँदा खोजी कार्यमा सबैले सहयोग गरिदिन अपिल गरेका छ्न।

पारिवारिक स्रोतले खोजी कार्यमा सहयोग गरिदिन सम्पूर्ण UAE मा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्दै यदि कसैले नन्दराम वलीलाई देखे भेटेमा वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भए 0569090516 वा 9810170915 नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन परिवारले अनुरोध गरेका छन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज