March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरीलाई

१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरीलाई

असार १३, सल्यान।
१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सल्यानको छत्रेश्वरी गाउँपालिकाले जितेको छ।

१० गते देखी १२ गतेसम्म सञ्चालन प्रतियोगिता जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा रहेको भानुभक्त माध्यामिक बिद्यालय दमाचौरमा भएको थियो।

रनिङ सिल्डमा भलिवल, कवड्डी, कराँते र एल्थेटिक्स अन्तर्गतका प्रतियोगिताहरु भएका थिए।

१० स्थानीय तह रहेको सल्यानमा प्रतियोगितामा भने जिल्लाभरका ७ वटा स्थानिय तहको सहभागिता रहेको थियो।

जस मध्ये सबैभन्दा धेरै पदकहरु जितेर छत्रेश्वरी गाउँपालिकाका खेलाडीहरुले ३६ पदक जित्दै शिल्ड हात पारेको जिल्ला खेलकूद विकास समिती सल्यानले जनाएको छ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज