June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
सल्यानको कपुरकोट गाउँपालिका ल्यायो ‘नागरिक सहभागिता–कपुुरकोट एप्स’ सञ्चालनमा

सल्यानको कपुरकोट गाउँपालिका ल्यायो ‘नागरिक सहभागिता–कपुुरकोट एप्स’ सञ्चालनमा

कार्तिक १४, सल्यान ।

सल्यानको कपुरकोट गाउँपालिकाले ‘नागरिक सहभागिता – कपुुरकोट एप्स’ सञ्चालनमा ल्याएको छ ।

यो एप्स प्ले स्टोरबाट डाउनलोड गर्न सकिने छ । कपुरकोट गाउँपालिकाको समग्र काम कारवाही तथा गाउँपालिका कार्यालय वा मातहतका कार्यालयहरुबाट प्रदान भइरहेका सेवा प्रवाहका सम्बन्धमा कुनै पनि गुनासो वा सुझावहरु भएमा आफु बसेकै ठाउँबाट तपाईहरुले मोवाईल एप्स मार्फत पठाउन सक्नुहुनेछ ।

पालिकाका कुनै पनि काममा चित्त नबुझेमा वा प्रदान गरिने सेवा सुविधाबाट वञ्चीत भएमा, भेदभाव महसुस भएमा घरमै बसेर एप्स मार्फत गुनासो पठाउन पनि गाउँपालिकाले अनुरोध गरेको छ । प्राप्त गुनासोहरुको गाउँपालिकाले तत्कालै सम्बोधन गर्ने प्रयास गर्ने र रायसुझावहरुलाई आत्मसाथ गर्दै अगाडी बढ्ने बताएको छ ।

‘नागरिक सहभागिता–कपुुरकोट एप्स’ लाई प्रयोग गर्न पालिकाले सबैमा अनुरोध गरेको छ । एप्समा आफ्नो गुनासो वा सुझावलाई लेखेर वा आफ्नै आवाजमा रेकर्ड गरेर समेत गाउँपालिकामा पठाउन सक्ने सुविधा छ । एप्समा नागरिक वडापत्र समेत राखिएको छ ।

click here for download

https://play.google.com/store/apps/details?id=com.ict_supprt.kapurkot&hl=ne&gl=US