September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा समाजबादी र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा समाजबादी र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

जेठ २ ,सल्यान।
सल्यानको कपुरकोट गाउँपालिकाले गाउँपालिका प्रमुख र उपप्रमुखको अन्तिम टुंगो लगाएको छ। जस अन्तर्गत अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारहरूले जित हाँसिल गरेका छन।

गठबन्धनबाट एकीकृत समाजवादीका दुर्गा बहादुर पुन ३१६० मत ल्याएर अध्यक्षमा विजयी भएका भने माओवादी केन्द्रका प्रकाश भण्डारीले ३२४० मत ल्याएर उपाध्यक्ष निर्वाचित भएका छन।

निकटतम प्रतिद्वन्द्वी एमालेका भिम बहादुर सेनले २९३६ र उपाध्यक्ष पदमा एमालेकै भिमा बुढाथोकीले २७४५ मत प्राप्त गरेका छन।

यस्तै कांग्रेसका तर्फबाट विष्णु प्रसाद शर्माले अध्यक्ष पदमा १५७२ र ओकी महताराले उपाध्यक्ष पदमा १५३९ मत प्राप्त गरेका छ्न।

वडा नम्बर ६ मा राप्रपाका श्यामकृष्ण बोहराले ५५० मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन। एमालेसँग तालमेल गरेको राप्रपाले भने वडा नं ६ मा जित हात पारेको हो।

कपुरकोट गाउँपालिकामा वडा नं १ र ५ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रले जित निकालेको छ भने वडा नं २ र ४ को वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ।

यस्तै वडा नं ३ मा नेपाली कांग्रेस र वडा नं ६ मा एमाले र राप्रपाको समीकरणबाट राप्रपाले जित हाँसिल गरेको छ।