June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
 सल्यानको कपुरकोट गाउँपालिका द्वारा सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा वितरण

 सल्यानको कपुरकोट गाउँपालिका द्वारा सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा वितरण

असार १,सल्यान।

सल्यानको कपुरकोट गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई  कुखुरा बितरण गरेको छ।

आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन भन्दै पालिका द्वारा सुनौलो हजार दिनका आमालाई कुखुरा वितरण गरिएको हो।

छिटै मासु र अन्डा उत्पादनमा प्रख्यात हेम्सायर जातका ८ हप्ते कुखुरा पालिका भित्रका करिब १६५ जनालाइ सुनौलो १००० दिनका आमाहरुलाइ वितरण गरिएको हो।

कुपोषणको मात्रालाइ घटाउन, बच्चाको पोषण र आमाको स्वास्थमा सुधार ल्याउन कुखुरा वितरण गरेको पालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए।

 

गाउँ घरमा अझैपनि गर्वपति वा सुत्केरी महिलाले पोषण युक्त खानेकुरा नपाईरहेको र जसको कारण कुपोषणको दरपनी बढेको पाइएकाले कुपोषणको मात्रा घटाई पोषणमा सुधार ल्याउनु यसको मुख्य उद्देश्य रहेको भण्डारीको भनाई छ।

बालबालिकाको सबैभन्दा बढी ८० प्रतिशत बौद्धिक विकास दुई वर्ष भित्रमा हुने भएकाले त्यो अवधिलाई सुनौलो हजार दिन भन्ने गरिएको हो।

यो अवधिमा खानुपर्ने पोषणयुक्त खाना नपाएका गर्भवती आमाबाट जन्मिएका बच्चा कम तौलका हुने र बच्चामा बौद्धिक क्षमता कम हुने साथै मृत्यु हुने सम्भावना बढी हुने गर्छ।