April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार
सल्यानको कपुरकोट गाउँपालिकाद्वारा भैंसी पालक किसानलाई तालिम

सल्यानको कपुरकोट गाउँपालिकाद्वारा भैंसी पालक किसानलाई तालिम

२९ चैत , सल्यान।
सल्यानको कपुरकोट गाउँपालिकाले भैंसीपालक किसानहरुका लागि एक दिने तालिम सम्पन्न गरेको छ । तालिमको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले हिजो सोमबार उद्घाटन गरेका थिए।

साझेदारीमा आधारित एक स्थानीय तह एक पशु बस्तु उत्पादन कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आर्थिक सहयोगमा प्रगतिशील कपुरकोट भैंसी पालक पकेट संचालक समितीको आयोजनामा एक दिने व्यवशायिक भैंसी पालन तालिम संचालन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपाकिका अध्यक्ष भिम बहादुर सेन र विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत शभरत कुमार वलीले मन्तव्य राखेका थिए।

तालिममा भैंसीको लागि आवश्यक पर्ने विभिन्न ५ प्रकारका औषधि र उन्नत जातको घाँसको विउ वितरण गरिएको थियो।

प्रगतिशील कपुरकोट भैंसी पालक पकेट संचालक समिती अध्यक्ष करुणा गिरीले तालिमको अध्यक्षता गरेकी थिइन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज