September 24, 2023, Sunday
२०८० आश्विन ८, सोमबार
सल्यानमा चट्याङ लाग्दा एकै घरका ३ जना घाइते

सल्यानमा चट्याङ लाग्दा एकै घरका ३ जना घाइते

१ बैशाख, सल्यान।
सल्यानको कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै घरका ३ जना घाइते भएका छन ।

जिल्लाको कपुरकोट गाउँपालिका  ४ धनवाङ स्थित थापा टोलमा  हिजो राती चट्याङ लाग्दा एकै घरका ३ जना घाइते भएका हुन। घाइते हुनेहरुमा ६६ वर्षीय  आशाराम थापा, उननी श्रीमती ६५ वर्षीय गंगी थापा र  १२ वर्षीय नाति दिनेश थापा घाइते भएका हुन । साथै चट्याङ लागेर एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको प्रहरीले जनाएको छ ।

हिजो राती आफ्नै घरमै सुतिरहेको बेला बिहीबार बिहान करिव ३ बजेतिर चट्याङले लागेको थियो ।

विहानै घाइतेहरुको उद्दार गरि उपचारको लागि दाङ पठाइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ । 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज