गोठमा चट्याङ पर्दा सल्यानमा ३ बाख्रा मरे
असोज ३१,सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ लाँखरमा एक स्थानियको गोठमा चट्याङ पर्दा ३ वटा बाख्रा मरेका छन । आईतबार बेलुकी साढे ४ बजेको समयमा गोठमा चट्याङ पर्दा स्थानीय खिमवहादुर रानाका १ बाख्रा सहित २ खसी मरेको हुन ।
चट्याङ बाट अन्य भौतिक र मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताउनु भयो । यस अघि बनगाडको मावि च्युराको सोलार प्यानलमा समेत चट्याङले क्षति पुर्याएको छ ।
प्रतिकृया दिनुहोस्