‘पढ्दै कमाउँदै’ कार्यक्रमकालागी सल्यानका २ विद्यालय छनोट
१६ चैत, सल्यान।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि सल्यानका २ ओटा विद्यालय छनोट भएका छन । जसमा कृषि कार्यक्रम अन्तर्गत शारदा मा.वि छ्त्रेश्वरी गाउँपालिका – ६ शंखमुल र शिवजन मा.वि सितलपाटी छनोटमा परेका हुन।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । केन्द्रले केही समयअघि पढ्दै कमाउँदै कार्यक्रमका लागि सूचना जारी गरेको थियो ।
विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको ८ चैत २०७८ मा बसेको बैठकको निर्णयानुसार विद्यालयहरू छनोट गरिएको हो ।
देशबाट कार्यक्रमका लागि १४० विद्यालय छनोट भएका छन ।
प्रतिकृया दिनुहोस्