January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
हिमालयन बैंक सल्यान शाखाद्वारा वित्तीय साक्षरता सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

हिमालयन बैंक सल्यान शाखाद्वारा वित्तीय साक्षरता सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

 

चैत १०, सल्यान । हिमालयन बैंक कर्णाली प्रदेशको आयोजनामा सल्यान शाखाले शिव जन क्याम्पस सितलपाटी सल्यानमा वित्तीय साक्षरता सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई वित्तीय चेतना अभिबृद्धी गर्न Global Money Week-2023 अन्तर्गत Plan You Money Plant Your Future भन्ने मुल नाराका साथ कार्यक्रम संचालन गरिएको हो ।

वित्तीय चेतना अभिबृद्धी मार्फत वित्तीय व्यबहारको दिगोपना र सबल वित्तीय वातावरणको विकासमा जोड दिदै वित्तीय शिक्षाको आवश्यकता र महत्त्वका बारेमा बैंकका प्रबन्धक दोय गोविन्द कुमार काफ्ले र मोहन भुसाल साथै मोहन डागीले उपस्थिति बिद्यार्थीहरुलाइ वित्तीय शिक्षा सम्बन्धि प्रशिक्षण दिनुभएको हो ।

साथै उक्त कार्यक्रममा क्याम्पसलाई खेलकुद सामग्री समेत हस्तान्तरण गरेको छ ।