January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
कृषि विकास बैंकद्वारा प्रोजेक्टर र आर ओ फिल्टर हस्तान्तरण

कृषि विकास बैंकद्वारा प्रोजेक्टर र आर ओ फिल्टर हस्तान्तरण

मेघा रेउले/ सल्यान। कृषि विकास बैँक लि.शाखा सल्यानको आयोजनामा बैँकको संस्थागत सामाजिक उत्तरदायित्व(CSR) कार्यक्रम अन्तर्गत श्री शिबजन क्याम्पस सल्यानलाई प्राेजेक्टर तथा श्री शिबजन माध्यामिक विद्यालय सल्यानलाई आर ओ फिल्टर मेसिन हस्तान्तरण गरिएको छ।

शिवजन क्याम्पसको सभाहलमा शुक्रबार भएको हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारी , विशिष्ट कृषि विकास बैंक कर्णाली प्रदेशका निर्देशक खुर्शेद अहमद र अथितिले क्याम्पसका सहायक क्याम्पस प्रमुख कमल थापा र शिवजन माविका प्र.अ. हिरालाल नेपाललीलाई क्रमश प्रोजेक्टर र आर ओ फिल्टर हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले बैंक वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेकोमा खुशी व्यक्त गर्दै कृषि विकास बैंकको सहयोग हस्तान्तरणलाई आगामी दिनमा निरन्तरता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा कृषि विकास बैंकका कर्णाली प्रदेशका निर्देशक खुर्सेद अहमद, ११ नम्बर वडाध्यक्ष राजेश शर्माले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा शारदा नगरपालिका वडा न १, ११ र १२ का वडाध्यक्षहरु प्रदिप पाण्डे, राजेश कुमार शर्मा र सुरेन्द्र बुढाका साथै कृषि विकास बैंकका कर्मचारी, विद्यार्थी, क्याम्पस संचालक समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा बैंकको बारेमा कृषि विकास बैंक कर्मचारी मदन बस्नेतले जानकारी गराउनु भएको थियो।
कृषि विकास बैंक सल्यान शाखा प्रमुख बल बहादुर साउदको सभाध्यक्षता रहेको कार्यक्रम संचालक कृषि विकास बैंक कर्णाली प्रदेशका चन्द्र पाण्डेले गर्नु भएको थियो।