June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
पिकअपको ठक्करबाट स्कुटी चालकको मृत्युु

पिकअपको ठक्करबाट स्कुटी चालकको मृत्युु

१६ फागुन, दाङ । दाङमा पिकअपको ठक्करबाट स्कुटी चाकलको मृत्यु भएको छ।

गएराति ९:३० बजे तुलसीपुर बाट घोराही तर्फ जादै गरेको लु १ च ६२८९ नं. को पिकअप र घाेराहिवाट तुलसिपुर तर्फ आउदै गरेको रा ५ प ९०६६ नं. को स्कुटी एक आपसमा ठाेक्किदा स्कुटी चालक तुल्सिपुर १७ फोर्टीनाईन चोक बस्ने २५ वर्षिय तारा ब. के.सी. गम्भिर घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर मा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

गाडी चालक घोराही उ.म.न.पा. १२ का २३ वर्षिय सन्तोष सुनार प्रहरी काे नियन्त्रणमा रहेकाे वताईएकाे छ।