August 25, 2026, Tuesday
२०८३ भाद्र ९, मंगलवार
दाङमा पनि फुड बैंक स्थापना : हुनेले छोडेर जानुस, नहुनेले लिएर जानुस

दाङमा पनि फुड बैंक स्थापना : हुनेले छोडेर जानुस, नहुनेले लिएर जानुस

भाद्र २७, दाङ । हेल्पिङ हेन्डस दाङले मास्क तथा खाद्यान्न बितरण अभियान आज देखि सुरु गरेको छ । बिगत ५ बर्षदेखि सामाजिककार्यमा सक्रिय रहेर काम गरिरहेको हेल्पिङ हेण्डस ” दाङ्गले अहिले हुनेले छोडेर जाउ,नहुनेले लगेर जाउ” भन्ने उदेश्य सहित फुड बैंक सुरु गरेको हो ।

तुल्सिपुरको बिरेन्द्र चोक देखि मास्क तथा खाद्यान्न बितरण आज एक कार्यक्रमका बिच सुरुवात गरेको छ । रिपोर्टस क्लबका दाङ्गका अध्यक्ष सरद रेग्मीको प्रमुख आतिथ्यतामा खाद्यान्न सहयोग कार्यक्रमको उद्घाटन गरियको थियो ।

पछिल्लो समयमा बिश्व कोरोना महामारि बाट आक्रा’न्त भएकोबेला गरि खाने मजदुरहरु खान नपायर भोकै मर्न नपरोस भन्ने उदेश्यका साथ आफ्नो सस्थाले एस्तो कार्यक्रमको आयोजना गरेको सस्थाका अध्यक्ष सालिकराम गौतमले बताउनु भयो ।

भजन गाउने ओठ भन्दा सहयोग गर्ने हातहरु पबित्र हुने भन्दै निम्न आयस्रोत भएका गरिब मजदुरहरुको लागि सहयोग गर्ने सहयोगी मनहरु द्वारा खाध्यान्न सहयोग गरि आफ्नो सस्थाले चालेको अभियानलाइ सफल बनाइदिन सस्थाका सचिब प्रमोद रियाज अचार्यले सबै समक्ष अपिल समेत गर्नु भएको थियो ।

आज पहिलो दिन दाल, चामल, नुन, तेल ,साबुन मास्क सहयोग गरियको सस्थाका उपाध्यक्ष दिपेस ढकाल ले जानकारी दिनु भयो ।