March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
दाङमा गाउँपालिका अध्यक्षले शनिबार सरकारी गाडी दुरुपयोग गरेको फोटो खिच्दा लफडा

दाङमा गाउँपालिका अध्यक्षले शनिबार सरकारी गाडी दुरुपयोग गरेको फोटो खिच्दा लफडा

मंसिर २२, तुल्सिपुर । दाङको शान्तिनगर गाउँपालिका अध्यक्षले शनिबार गाउँपालिकाको गाडी लिएर पिकनिक खान गएको फोटो तथा भिडियो खिच्ने क्रममा लफडा भएको छ ।

शनिबार, दाङको शान्तिनगर गाउँपालिकाका कर्मचारीले पिक्निकको आयोजना गरेको थिए ।

गाउँपालिकाका वडा नं. ३ भ्यूडहरमा आयोजना गरिएको पिक्निकमा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीलार्ई पनि निम्ता गरिएको थियो ।

त्यो निम्ता स्वीकार्दै गाउँपालिकाकै गाडी लिएर अध्यक्ष पिक्निक स्थलमा पुगेका थिए ।

त्यो थाहा पाएपछि शान्तिनगरका केही युवा र केही यूट्युबरलाई लिएर पिक्निक स्थलमा भएका गतिबिधि र अध्यक्ष सवार गाडीको फोटो खिचिरहेको बेला मुटभेट भएको थियो ।

त्यो मुटभेटलाई लिएर गाउँपालिका अध्यक्ष डाँगी विरुद्ध त्यहाँका युवा कर्णदीप देवकोटाले प्रहरी कार्यालय चिराघाटमा उजुरी दिएका छन् ।

गाउँपालिकाको सरकारी गाडी शनिबार पनि दुरुपयोग गरेको र त्यसको भिडियो खिच्ने क्रममा आफुलाई हातपात गर्नुकासाथै गालीगलौज गरेको भन्दै उजुुरी दिएको स्रोतले बताएको छ ।

यस विषयमा पीडक भनिएका गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी र पीडित भनिएका कर्णदीप देवकोटासंग फोन सम्पर्क हुन सकेन् । पिक्निकमा कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता थियो । शनिबारको आयोजना पारि कर्मचारीहरुले पिक्निक आयोजना गरेका थिए ।

यो पनि पढ्नुहोस :

दाङमा आफ्नै साथीहरूले हानेको गोली लागेर घाईते भएका पौडेलको मृत्यु

मंसिर २१, तुल्सिपुर । पाँचवटा गोलीका छर्रा लागेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारी निवासी खुसलराम पौडेलको मृत्यु भएको छ ।

भारतको लखनउमा उपचारको क्रममा शनिबार उनको मृत्यु भएको स्थानीय दिपशिखा घर्तीले जानकारी दिईन् । नखनउमा उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा शनिबार मध्यान्ह १२ बजे रुपैडिहामा मृत्यु भएको हो । पौडेलको शनिबार साँझ नै दाह संस्कार गरिएको थियो ।

पौडेललाई मंसिर १० गते राति सिकार खेल्न अमिलियाको चाउखोला बनमा गएको बेला उनीसंगै गएका साथीहरुले प्रहार गरेको गोली लोगर गम्भीर घाईते भएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनास्थल नजिकैबाट एकथान बन्दुक समेत बरामद गरेको थियो । मंसिर १० गते बुधबार राति साढे ९ बजेतिर उक्त घटना भएको थियो । पौडेलको ढाडको पछाडी तीन ठाउँमा र तिघ्रामा दुई वटा गोलीको छर्रा लागेका थिए ।