March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
दाङमा सार्वजनिक यातायात अनिश्चितकालीन बन्द, जनजीवन प्रभावित

दाङमा सार्वजनिक यातायात अनिश्चितकालीन बन्द, जनजीवन प्रभावित

चैत १७, दाङ । दाङका यातायात मजदुर संगठनहरुले आज बिहानैदेखि अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गर्दा जनजीवन प्रभावित भएको छ । पारिश्रमिक सहितका विभिन्न चारबुदे माग राख्दै मजदुर संगठनहरुले आज बिहानैदेखि सार्वजनिक सवारी साधन ठप्प पारेका हुन ।

यातायात मजदुरका पक्षमा कानुन बनेपनि कार्यान्वयन हुन नसकेकोले मजदुरहरु आन्दोलित हुनु परेकोे नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशव बहादुर भण्डारीले बताए । मजदुरका मुद्धालाई गम्भीर रुपमा लिन नसक्दा आफुहरु अनिश्चितकालिन यातायात बन्दमा उत्रीन बाध्य भएको र बन्द शान्तिपूर्ण तरीकाले गर्ने उनको भनाइ छ ।

यातायात मजदुर तथा बुकिङका कर्मचारीले लामो समयदेखि पाउन नसकेको तलब भत्ता पाउनुपर्ने, नेपाल सरकारले मजदुरहरुको पक्षमा लागु गरेको सामाजिक सुरक्षा कोष लागु गर्नु पर्ने, नेपाल यातायात राष्ट्रिय महासंघ र तीन वटै ट्रेड युनियनबिच भएको सहमती कार्यान्वयन गर्नु पर्ने माग रहेको छ । यसैबिच यातायात मजदुर, यातायात व्यवसायी र स्थानीय प्रशासन बिच जिल्ला प्रशासन कार्यालयमा बार्ताका जारी रहेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज