दाङको बंगलाचुली डाँगी टोलमा भीषण आगलागी, स्थिति नियन्त्रण बाहिर
चैत २०, सल्यान । दाङको बंगलाचुली गाउँपालिका अन्तर्गत डाँगी टोलमा भिषण आगलागी भएको छ ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ३ दाङवाङ डाँगी टोलमा लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् ।
अहिले पनि आगो नियन्त्रणमा लिनका लागि स्थानीय बासिन्दा र कमिरेचौर चौकीबाट गएको प्रहरी लागिरहेका छन् ।
आगलागीबाट के कति क्षति भएको छ भन्नेबारे घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस्