September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
सलह किरा भगाउन बालेको आ’गोले गोठ जलेर नष्ट

सलह किरा भगाउन बालेको आ’गोले गोठ जलेर नष्ट

प्युठानमा सलह किरा भगाउन बालेको आ’गोले स्थानियको गोठ ज’लेको छ।

जिल्लाको झिमरुक गाउपालिका ३, आफ्रेखोलामा सलह भगाउनका लागी आगो बाल्ने क्रममा एक स्थानीयको गोठ जलेर पूर्णरुपमा नष्ट भएको हो। बुधबार दिउँसो १ बजेतिर बारीमा आएका सलह भगाउनका लागि आगो बाल्दै गर्दा स्थानीय कल्पना जिसीको गोठमा आ’गलागी भएको हो।

आफू बारीमा सलह भगाउन जाँदा आफ्नो १० वर्षीय छोराले बालेको आगोले गोठ ज’लेको जिसिले बताउनुभयो। आगलागीले गोठमा भएका घाँस, दाउरा, पराल जलेर पूर्णरुपमा नष्ट भएको छ।

“सलहबाट मकै बाली बचाउन लाग्दा लाखौको क्षति भयो।” जिसिले भन्नुभयो, “बरु मकै सलहले खाएको भए कम क्षति हुन्थ्यो, गोठ बच्दथ्यो।” अहिले स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

यति बेला सलह प्रजातिको किराले बालीनाली खायर किसानहरु लाई आतंकित बनाएको छ। तराईका जिल्ला हुँदै पहाड भित्रीएको सलहले किसानको अन्नबालीमा ठूलो क्षती समेत पुर्याएको छ।