सल्यानमा बाटोमा हिडिरहेको अटो रिक्सा एक्कासी आगो लाग्यो
दुर्गा बिसि / बैशाख १० सल्यान । सल्यानमा बाटोमा हिड्दै गरेको एउटा अटो रिक्सा एक्कासी आगो लागेको छ ।
शुक्रबार सल्यानको सल्लीबजार बाट त्रिवेणी बजार जाँदै गरेको भे.१ घ १५६२ नम्बरको अटो रिक्सा बाटोमा एक्कासी आगो लागेको हो ।
बाटोमा हिड्दै गरेको अटो रिक्साको भित्र इन्जिनबाट एक्कासी धुवाको मुस्लो निस्के पछि अटो रिक्सामा सवार ४ जनाले ( ड्राइभर सहित ) हाम फालेर ज्यान जोगाएका थिए । गन्तव्यमा नपुग्दै झालेपहर नजिकै अटोमा आगो दन्किएको प्रहरीले जनाएकाे छ ।
हिड्दै गरेको अटो अनायासै आफै आगोलागेपछि अटो चलाइ परिवार पालेका सल्यान सल्लीवजार निवासी कुलवहादुर राना चिन्तित बनेका छन् । विहान वेलुकाको छाक टार्ने अटो जले पछि राना निकै मर्माहत वनेका छन् ।
वित्तीय संस्थाबाट ऋण लिएर उनले अटो किनेका थिए । चल्दै गरेको अटो रिक्सामा इन्जिनको खराबीले आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिकृया दिनुहोस्