April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
सल्यानमा जंगलको आगाे वस्तीमा पस्दा गाेठमा बाँधिएका पशुचौपाया जलेर घाइते

सल्यानमा जंगलको आगाे वस्तीमा पस्दा गाेठमा बाँधिएका पशुचौपाया जलेर घाइते

दुर्गा विसि / चैत्र २१, सल्यान । पश्चिम सल्यानको विभिन्न जंगलमा लागेको अागाे वस्तीमा पस्दा ठुलो क्षेती हुन थालेको छ सल्यान पश्चिमका विभिन्न वडाका वस्तीहरु जंगलमा लागेको अागाेका कारण उच्च जाेखिममा परेका छन ।

शनिबार जंगल बाट सल्केको आगो जिल्लाको बनगाड कुपिण्डे वडा नं २ काे फल्तेचौरमा पस्दा स्थानीय प्रेमवहादुर वुढाकाे घरमा अागाे लागेको छ । फल्तेचौरको जंगलमा लागेको अागाे वस्तीमा प्रवेश गरे पछि परालका टौवा, मलखाद र आँगनमा बाँधिएका गाइबस्तुहरु जलेका छन ।

प्रेमवहादुर वुढाकाे घरमा अागाे लागेको नियन्त्रणमा लिन र बस्ती जोगाउन स्थानीयहरू लामो प्रयासपछि सफल भएपनि वस्ती र वुढाकाे घर जाेगाउन खाेज्दा गाेठमा बाँधिएका गाईगोरु जलेका हुन ।


जंगलबाट बस्तीमा लागेको अागाेले फल्तेचौरमा ठुलो क्षेती गरेको वडा अध्यक्ष प्रतिमल वुढाले बताए । जताततै चारैतिरका जंगलहरु जलिरहेका छन भने जंगल छेउछाउका वस्तीहरु उच्च जाेखिममा रहेका छन् । केही दिन अघि वडा ५ काे विरालेखाेला जंगलमा लागेको अागाेका कारण वडा नं ४ का कालिवहादुर विककाे घरमा आंशिक क्षेती गरेको थियो ।

त्यसैगरि गाेपाल परियारकाे जंगलमा चर्न गएका गाेरु जलेर मरेका थिए । चरिचरण गर्न छाडेका पशुचौपाएहरु जलेका हुन् । पश्चिम सल्यानमा जथाभावी अागाे लगाउने कार्य व्यापक रहेको छ । जथाभावी अागाे लगाउने कार्य भने राेकिएको छैन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज