March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
दाङमा यातायात मजदुर र व्यवसायी बिच ६ बुंदे सहमति, अनिश्चितकालीन बन्द फिर्ता

दाङमा यातायात मजदुर र व्यवसायी बिच ६ बुंदे सहमति, अनिश्चितकालीन बन्द फिर्ता

चैत १७ तुल्सीपुर । दाङमा यातायात मजदुर र व्यवसायी बिच ६ बुंदे सहमति भएको छ । सहमति भए सँगै दाङका यातायात मजदुर संगठनले आह्वान गरेको अनिश्चितकालिन बन्द फिर्ता भएको छ ।

यातायात मजदुर, यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी मंगलबार एक बजेदेखि बन्द फिर्ता भएको हो । यातायात मजदुर, यातायात व्यवसायी बिच ६ बुंदे लिखित सहमति गरी बन्द खुलेको हो । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बैठक बसको थियो ।

यस्तो छ, यातायात मजदुर, यातायात व्यवसायी बिच भएको ६ बुंदे लिखित सहमति

यातायात मजदुरहरुको तलब भत्ता नियमित रुपमा उपलब्ध गराउन यातायात व्यवसायीहरुको मञ्जुरी रहेको ।

सबै यातायात व्यवसायीहरुले सामाजिक सुरक्षा कोष ऐन २०७४ कार्यान्वयन गर्न समहती ।

नेपाल सरकार, नेपाल यातायात महासंघ र तीन वटै मजदुर ट्रेड यूनियन बिच भएको संयूक्त बैठकले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्ने ।

कोभिड –१९ को भ्याक्सीन यातायात मजदुरहरुलाई लगाउन प्राथमिकतामा राख्ने ।

यातायातका क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न तपशिल बमोजिमको समिती गठन गर्ने र समितीले १ दिन भित्र सुझाब सहित प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।