May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
देशभर डढेलो आतंक : बन जाेगाउन खाेज्दा सिम्ताका २ महिलाको ज्यान गयाे

देशभर डढेलो आतंक : बन जाेगाउन खाेज्दा सिम्ताका २ महिलाको ज्यान गयाे

दुर्गा विसि / चैत्र २४, सल्यान । सिम्ता गाउँपालिका सुर्खेत वडा २ मा सामुदायिक वन जाेगाउन खाेज्दा दुई महिलाकाे ज्यानै गएको छ ।

यहि चैत्र १३ गते श्री प्रगतिशील सामुदायिक वन सिम्ता गाउँपालिका, २ तिमिल्सेनीमा फैलिएको आगलागीलाई नियन्त्रण गर्ने क्रममा साेहि ठाउँ निवासी ५२ वर्षकि नैनसरा खत्रीको मृत्यु भएको थियोे ।

उनको मृत्यु भएको १२ दिन पछि आज मंगलबार सोही ठाउँ निवासी ४१ बर्षिया चन्द्रकला सिंहको उपचारको क्रममा किर्तिपुर अस्पताल, काठमाडौमा मृत्यु भएको छ ।

सिंहको उपचारका लागि ठाउँ ठाउँबाट आर्थिक सहयोग जुटेको थियोे । दुबै जना १३ गते दिउँसो वन जाेगाउन जंगलमा लागेको अागाे निभाउने क्रममै जलेर सक्त घाइते भएका थिए । यतिबेला जताततै जंगलमा लागेको अागाेले चौतर्फी नागरिकलाई सताएको छ ।