May 2, 2026, Saturday
२०८३ बैशाख १९, शनिबार
बनमा लागेको आगोले जलेर सल्यानमा एक वृद्धको मृत्यु

बनमा लागेको आगोले जलेर सल्यानमा एक वृद्धको मृत्यु

बैशाख २०, सल्यान । वनमा लागेको आगोमा परी सल्यानमा एक वृद्धको मृत्यु भएको छ ।

आइतबार, जिल्लाको शारदा नगरपालिका वडा न ६ सापमारा निवासी ७० वर्षीय ओदिराम बुढाथोकीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घरदेखि १ घण्टाको दुरीमा रहेको भुवेनगैरी सामुदायिक वनमा आगोबाट जली मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोबिन्द थापा क्षेत्रीले जानकारी दिए ।

उनी वनमा बाख्रा चलाउन गएका थिए । तर साँझमा बाख्रा घर फर्केको तर साँझ ६ बजेसम्म पनि नआएपछि घरपरिवारले खोजतलास गर्ने समयमा बनमा जलेको अवस्थामा परिवारले फेला पारेका थिए । वनमा अझै आगो लागि रहेको प्रहरीको भनाई छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज