May 17, 2025, Saturday
२०८२ जेष्ठ ४, शनिबार
देशभरका ५ सय ३० जंगल सँगै सल्यानका २१ ठाउँमा डढेलो, वायु प्रदुषण खतरानाक, बस्तीहरू जोखिममा

देशभरका ५ सय ३० जंगल सँगै सल्यानका २१ ठाउँमा डढेलो, वायु प्रदुषण खतरानाक, बस्तीहरू जोखिममा

चैत २४, काठमाण्डाै । अहिले देशको पाँच सय ३० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ । वन तथा भू संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार ६० जिल्लाका पाँच सय ३० ठाउँमा डढेलो लागिरहेको हो ।

अनुगमन प्रणालीका अनुसार अहिले सबैभन्दा धेरै सिन्धुलीकाे ३१ ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ । यस्तै बर्दिया र डोटीकाे ३०/३० ठाउँमा, बाँकेकाे २९ ठाउँमा, मकवानपुरको २४ ठाउँमा, सल्यानको २१ ठाउँमा र ओखलढुङ्गाको २० ठाउँमा डढेलो लागिरहेको छ ।

वन क्षेत्रमा लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल डढेर नष्ट भएको छ भने कतिपय वन्यजन्तु तथा पक्षी मारिएका छन् । थुप्रै जङ्गलको डढेलो बस्तीमा पुग्ने खतरा रहेकाले गाउँलेहरू बस्ती जोगाउन खटिरहेका छन् । जङ्गलहरू डढिरहेको भए पनि आगो निभाउन सरकारले प्रभावकारी काम नगरेको स्थानीयबासी बताउँछन् ।

डढेलो बढेसँगै देशभरको वायु प्रदूषण पनि बढेको छ । काठमाण्डौ अहिले संसारकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । अहिले काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सय ४३ रहेको छ । दोस्राे वायु प्रदूषित सहर म्यानमारको योङ्गनको एक्यूआई एक सय ६९ छ ।

एक्यूआई दुई सयभन्दा माथि गएमा स्वास्थ्यका लागि खतरनाक मानिन्छ । अहिले काठमाण्डौ उपत्यकाका सबैजसो हावाको प्रदूषण मापन केन्द्रहरूले हावाको अवस्था खतरनाक भएको सङ्केत दिइरहेका छन् ।

चैत १३ गते एक्कासी सुरु भएको वायु प्रदूषण गएको बुधवार पानी परेपछि केही घटेको थियो तर साेमवार बिहानैदेखि प्रदूषणको मात्रा बढेको हो । देशका धेरै जङ्गलमा डढेलो लागिरहेकाले प्रदूषणको मात्रा बढेको वातावरण विभागले जनाएको छ ।

यसैबीच काठमाण्डाैसहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न स्वास्थ्य विज्ञले आग्रह गरेका हुन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण बढेकाे हुँदा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परे गुणस्तरीय मास्क प्रयोग गर्नसमेत अनुरोध गर्नुभयो । उहाँले वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकाले बाहिर ननिस्कन अनुरोध गर्नुभयो ।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेकाे छ । विश्वमा यस्तै कारणले बर्सेनि ७० लाख मानिसकाे ज्यान जाने गरेको छ ।

सल्यानमा जंगल बाट सल्केको आगोले घर जलेपछि राणाको परिवारको बिचल्ली

त्यस्तै सल्यानमा जंगल बाट सल्केको आगोले घर जलेर नस्ट भएपछि एक परिवारको परिवारको बिचल्ली भएको छ ।

स्थानीय ढाेर सामुदायिक जंगलमा लागेको अागाे गाउँमा पसेपछि बनगाड कुपिण्डे नगरपालिका वडा नं ५ ढाेरकि केवली राणाको घर जलेर नस्ट भएको हो । जंगल बाट एक्कसी सल्कीएको आगोले बस्ने बास जलेपछी राणा परिवारको विचल्ली भएको छ ।

सोमबार, अागाे निभाउन प्रहरी घटना स्थल पुगेको समय केवली राणा भक्कानिदै रुदै थिईन तर आगोले घर दन्किरहेको थियोे । आगोले घरमा भएको अन्नपात, लत्ताकपडा सबै एकैछिनमा खरानी भए । चिच्याउदा चिच्याउदै घर छिनभरमै खरानी भएको थियोे ।

घरमा आगो लागेपछि केवलीले गाउँलेहरूलाई हारगुहार गर्दा गर्दै घर एकैछिनमा अागाेले सखाप पार्याे । घर जलेर खरानी भएपछि प्रहरी घटना स्थल पुगेको थियोे । प्रहरी चौकी देखि यातायातको साधनकाे लागि करिव डेढ घण्टा दुरिमा रहेको बनगाड कुपिण्डे नगरपालिका वडा नं ५ ढाेरमा अागाे निभाउने नत पानी पाइयो, न नजिकै छिमेकी भए ।

हेर्दाहेर्दै घर छिनभरमै खरानी भयो । केवली रानाका श्रीमान मानवहादुर राना मजदुरीका लागि भारतमा छन् । दिउँसो भएकाेले बालबालिका पढ्न स्कुल गएका र घरका मान्छे कामकाज बाहिर निक्लेकाले मानविय क्षती हुन पाएन तर अन्नपात सँगै सबै जलेपछि केवली बच्चाबच्चि सहित छिमेकीकाे घरमा आस्रय लिएकी छन ।

काममा बाहिर निस्केको समय घरमा जंगलबाट लागेको अागाेकाे लप्काले घर भेटेको थियोे । बास जलेसँगै केवलीको परिवार सँग अब नत लगाउने कपडा छ, नत खाने गाँस । खडेरी सँगै सल्यान पश्चिम क्षेत्रमा जताततै जंगलमा लागेको अागाेले वित्यास पारेकाे छ । ढाेर सामुदायिक वनबाट लागेको अागाेका कारण घर जलेकाे हो । केही दिन अघि पनि बनगाडमा जंगलको आगो गाउँमा पस्दा घर र पशुचौपाया जलेर मरेका थिए ।

जताततै जंगलमा आगोलागी बढेपछि सल्यानको अधिकांश भुभाग सोमबार धुवाले ढाकेको छ भने वायु प्रदुषण तिब्र भएको छ । वायुमण्डलको धुवाले आँखा पिरो बनाउने, नाक, मुख घाँटी सुक्ने, दुख्ने जस्ता समास्या देखिन थालेका छन ।