May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार
सल्यानमा जंगल बाट सल्केको आगोले घर जल्यो, बास जलेपछि राणाको परिवारको बिचल्ली

सल्यानमा जंगल बाट सल्केको आगोले घर जल्यो, बास जलेपछि राणाको परिवारको बिचल्ली

दुर्गा विसि / चैत्र २३, सल्यान । सल्यानमा जंगल बाट सल्केको आगोले घर जलेर नस्ट भएपछि एक परिवारको परिवारको बिचल्ली भएको छ ।

स्थानीय ढाेर सामुदायिक जंगलमा लागेको अागाे गाउँमा पसेपछि बनगाड कुपिण्डे नगरपालिका वडा नं ५ ढाेरकि केवली राणाको घर जलेर नस्ट भएको हो । जंगल बाट एक्कसी सल्कीएको आगोले बस्ने बास जलेपछी राणा परिवारको विचल्ली भएको छ ।

सोमबार, अागाे निभाउन प्रहरी घटना स्थल पुगेको समय केवली राणा भक्कानिदै रुदै थिईन तर आगोले घर दन्किरहेको थियोे । आगोले घरमा भएको अन्नपात, लत्ताकपडा सबै एकैछिनमा खरानी भए । चिच्याउदा चिच्याउदै घर छिनभरमै खरानी भएको थियोे ।

घरमा आगो लागेपछि केवलीले गाउँलेहरूलाई हारगुहार गर्दा गर्दै घर एकैछिनमा अागाेले सखाप पार्याे । घर जलेर खरानी भएपछि प्रहरी घटना स्थल पुगेको थियोे । प्रहरी चौकी देखि यातायातको साधनकाे लागि करिव डेढ घण्टा दुरिमा रहेको बनगाड कुपिण्डे नगरपालिका वडा नं ५ ढाेरमा अागाे निभाउने नत पानी पाइयो, न नजिकै छिमेकी भए ।

हेर्दाहेर्दै घर छिनभरमै खरानी भयो । केवली रानाका श्रीमान मानवहादुर राना मजदुरीका लागि भारतमा छन् । दिउँसो भएकाेले बालबालिका पढ्न स्कुल गएका र घरका मान्छे कामकाज बाहिर निक्लेकाले मानविय क्षती हुन पाएन तर अन्नपात सँगै सबै जलेपछि केवली बच्चाबच्चि सहित छिमेकीकाे घरमा आस्रय लिएकी छन ।

काममा बाहिर निस्केको समय घरमा जंगलबाट लागेको अागाेकाे लप्काले घर भेटेको थियोे । बास जलेसँगै केवलीको परिवार सँग अब नत लगाउने कपडा छ, नत खाने गाँस । खडेरी सँगै सल्यान पश्चिम क्षेत्रमा जताततै जंगलमा लागेको अागाेले वित्यास पारेकाे छ । ढाेर सामुदायिक वनबाट लागेको अागाेका कारण घर जलेकाे हो । केही दिन अघि पनि बनगाडमा जंगलको आगो गाउँमा पस्दा घर र पशुचौपाया जलेर मरेका थिए ।

जताततै जंगलमा आगोलागी बढेपछि सल्यानको अधिकांश भुभाग सोमबार धुवाले ढाकेको छ भने वायु प्रदुषण तिब्र भएको छ । वायुमण्डलको धुवाले आँखा पिरो बनाउने, नाक, मुख घाँटी सुक्ने, दुख्ने जस्ता समास्या देखिन थालेका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज