सल्यानमा उत्कृष्ट काम र उत्तम प्रयास गर्ने चार जना कार्यालय प्रमुख पुरस्कृत
फागुन ११, सल्यान । सल्यानमा आफ्नो कार्यालयमा उत्कृष्ट कार्य एवं उत्तम अभ्यास गर्ने ४ वटा कार्यालय प्रमुखला सहित १ कार्यालय सहयोगीलाई पुरस्कृत गरिएको छ । फागुन ०७ गते प्रजातन्त्र दिवसको अवसरमा कार्यालय प्रमुखहरुको बैठकमा जिल्ला प्रशासन कार्यालय सल्यानले उनिहरुलाई पुरस्कृत गरेको हो ।
आफ्नो कार्यालयमा उत्कृष्ट काम र उत्तम अभ्यास गरेर पुरस्कृत र सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख – प्रहरी नायव उपरीक्षक गोविन्द थापा, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारी, दार्मा गाउँपालिका सल्यानका निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, त्रिभुवन जनमावि लुहापिङका प्रधानाध्यापक माधवविक्रम जिसी र जिल्ला प्रशासन कार्यालय सल्यानका का.स निमलाल बुढाथोकी रहेका छन ।
उत्कृष्ट प्रयास गर्ने पाँचै जनालाई सल्यान जिल्लाका कार्यालय प्रमुखहरुको फागुन ३ गते बसेको बैठकको निर्णय नं १० अनुसार प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले प्रशंसा पत्र प्रदान गरी सम्मान एवं हौसला प्रदान गरेका हुन ।
कस्ले के कस्ता उत्तम प्रयासहरु गरे ?
पुरस्कृत हुनेहरुले आआफ्नो कार्यालयमा विभिन्न उत्कृष्ट प्रयासहरु गरेको बताईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायन लामिछानेका अनुसार जिल्ला प्रहरी कार्यालय सल्यानले हरेक महिना उत्कृष्ट काम गर्ने प्रहरी अधिकारी र प्रहरी युनिटलाई सम्मान र पुरस्कृत गर्ने तथा प्रत्येक महिनाको अन्तिम गते आफ्ना मातहतका कर्मचारीहरुको जन्मदिन र विवाह उत्सव मनाउने गरेकोले जिल्ला प्रहरी प्रमुख गोविन्द थापालाई पुरस्कुत गरिएको हो ।
हुलाक टिकटको घुम्तीसेवा संचालन गरेको र कार्यालयमा स्तनपान कक्ष स्थापना गरेकोमा जिल्ला हुलाक प्रमुख भण्डारीलाई र लोक संस्कृति ( दर्माली घाउटा ) जगेर्ना गर्न उल्लेख्निय भुमिका खेलेकोले दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खडृकालाई पुरस्कुत गरिएको उनले बताए ।
त्यस्तै कोरोना महामारीको लकडाउनको समयमा समेत उत्कृष्ट सिकाई प्रक्रिया अवलम्बन गरेकोमा त्रिभुवन जनमावि लुहापिङका प्रधानाध्यापक माधवविक्रम जिसीलाई पनि सम्मान गरिएको थियो । जिसीले लकडाउनको समयमा प्रत्येक विद्यार्थीको घरमा धेरै पढेको अभिभावकलाई सिकाई सहजिकरण अभिभावक नियुक्त गरेर वालवालिकाको पठनपाठनलाई निरन्तरता दिएका थिए । त्यस्तै वालवालिको सिकाईसहजीकरणको लागी विद्यालयले पूर्व प्राथामिक कक्षा अभ्यास पुस्तिका पनि प्रकाशित गरेका थिए ।
सोहि अवसरमा अनुशासित र लगनशिल कर्मचारीको रुपमा जिल्ला प्रशासन कार्यालय सल्यानका का.स निमलाल बुढाथोकीलाई पनि सम्मान गरिएको हो ।
फागुन ३ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्लाका कार्यालय प्रमुखहरुको बैठकले आआफ्नो कार्यालयमा प्रमुखले कार्यसंपादन तथा सेवा प्रबाहका उत्तम अभ्यास, सोको विकास तथा अनुशसरण गर्न कर्मचारीलाई उत्प्रेरित गर्ने वातावरण बनाउने, त्यस्ता प्रयासहरुलाई जिल्लाको कार्यालय प्रमुखहरुको बैठकमा प्रस्तुत गर्न, त्यस्ता उत्तम प्रयास र उत्कृष्ट काम गर्ने कर्मचारीलाई कार्यालय प्रमुखले सुशासन (व्यवस्थापन तथा संचालन ) नियामावली २०६५ को नियम ८ बमोजिम पुरस्कार दिने वा पुरस्कारको लागी सिपारिस गर्ने तथा हालसम्म जिल्लामा त्यस्ता उत्तम प्रयास गर्ने कार्यालयले फागुन ५ गते भित्र उत्तम प्रयासहरुको बारेमा पेश गर्ने र जिल्ला प्रशासन कार्यालयले मुल्याङकन गरेर त्यस्तो कार्यालयको प्रमुखलाई प्रजातन्त्र दिवसको अवसरमा कार्यक्रम गरि प्रशंसापत्र प्रदान गर्ने भन्ने निर्णय बमोजिम फागुन ७ गते उनिहरुलाई संमान सहित प्रशंसापत्र प्रदान गरिएको हो ।
प्रतिकृया दिनुहोस्