रेडपाण्डाको छालासहित सल्यानका एक सहित तीनजना पक्राउ
माघ १५, बाँके । बाँकेको कोहलपुर नगरपालिका–१२, चप्परगौरीस्थित एक होटेलबाट दुईथान रेडपाण्डाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेतको भेरीगंगा नगरपालिका–१० बस्ने ४० वर्षीय दलबहादुर शाही, जाजरकोटको जुनिचाँदी गाउँपालिका – ११ बस्ने ४२ वर्षीय धनबहादुर शाही र सल्यानको बनगाड कुपिन्डेदह नगरपालिका – ४ बस्ने ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटेलको ११३ नम्बर कोठामा बसेका उनीहरूलाई झोलामा लुकाइराखेको उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपाली रैबारमा यो खबर छ ।
प्रतिकृया दिनुहोस्