June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
शारदा नगरपालिकामा राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा, मेयर द्वारा शुभकामना व्यक्त

शारदा नगरपालिकामा राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा, मेयर द्वारा शुभकामना व्यक्त

पौष २६, सल्यान । २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सल्यानको शारदा नगरपालिकाले पौष २७ गते नगरपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार नगर प्रमुख सुरेश अधिकारीले राष्ट्रिय एकता दिवस शुभकामना सन्देश दिदै नगरपालिकाले बिगतमा जस्तै यस बर्ष पनि सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएका छ्न ।

मेयर अधिकारीले राष्ट्रिय एकता दिवसको युगिन अवसरमा सम्पूर्ण शारदा नगरवासीमा आपसी सद्भाव, सहकार्य र भातृत्वप्रेमको मार्ग बाट बिकास र समृद्धिको किरण छर्न सकियोस भनेर शुभकामना व्यक्त गरेका छन ।

वाइसे र चौविसे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेका बडा महाराजधिराज पृथ्वी नारायण शाहको जन्म जयन्तीमा नेपालमा राष्ट्रिय एकता मनाइने चलन भएपनि गणतन्त्र आएपछि सरकारले उक्त दिवस मनाउन र सार्वजनिक विदा दिन बन्द गरेको थियो । तर शारदा नगरपालिकाले नगर भित्र सार्वजनिक बिदा दिएको हो ।