January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
डिपिआर बनेको ३ बर्षपछि बन्दै श्रीनगर बसपार्क : तत्काल काम सुरु गर्छौ मेयर अधिकारी

डिपिआर बनेको ३ बर्षपछि बन्दै श्रीनगर बसपार्क : तत्काल काम सुरु गर्छौ मेयर अधिकारी

२७ फागुन, सल्यान।
सल्यानको शारदा नगरपालिका २ श्रीनगरमा आधुनिक बसपार्क बन्ने भएको छ। डिपिआर भनेको ३ बर्ष बित्न लाग्दा कोरोनालाइ कारण देखाउदै शारदा नगरपालिकाले काम सुरु गर्न सकेको थिएन।

नगरपालिकाका मेयर सुरेश अधिकारीले बसपार्क क्षेत्र तत्कालै व्यवस्थित र आधुनिक निर्माणको शुरुवात गरिने बताएका छन ।

२०७६ सालमा नै कामको थालनी गर्नेगरी सबै प्रक्रिया अगाडी बढाएपनी ऐलानी जग्गामा निर्माण गरिएका घर टहरा हटाउन निरन्तर तातेका गर्दै आएको र कोरोना भाइरसको त्रासका बाबजुद लकडाउन भए सङ्गै मानवीय नाताले टहरा भत्काउन अलि समस्या भएको कारण तत्काल काम अघि बढन नसकेको बताए।

अबको केही समयमा नै बसपार्क निर्माणको कार्य थालनी गरिने र काम अब लगत्तै सुरु हुन्छ ,हामी तयारी अवस्थामा रहेको छौ उनले भने ।

बसपार्क क्षेत्रमा ऐलानी जग्गा अतिक्रमण गरेर दर्जनौँ घरटहरा निर्माण गरिएको छ ।
व्यवस्थित बसपार्क बनाउन डीपीआर गरिएको र यसका लागि करिब ४२ करोड बजेट आवश्यक पर्ने नगरपालिकाको भनाइ छ ।