December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
सरकारले कोरोनालाई हा’उगुजी बनायो, तत्काल जनजीवन सामान्य बनाउनु पर्छ : मेयर, अधिकारी

सरकारले कोरोनालाई हा’उगुजी बनायो, तत्काल जनजीवन सामान्य बनाउनु पर्छ : मेयर, अधिकारी

भाद्र २९, सल्यान । सल्यान शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले संघिय सरकारले कोरोना भाईरसलाई हाउगुजी बनाएको बताएका छन । पछिल्लो समय कोरोनाको नाममा आवस्यक्ता भन्दा बढि त्रा’स सृजना भैरहेको र लकडाउन आवस्यक नभएको चर्चा भइरहेको वेला उनले यस्तो बताएका हुन ।

‘‘यो एउटा सामान्य रुघाखोकि हो । आउछ, जान्छ । यसबाट मान्छे म’र्दैन भन्ने कुरा WHO ले पनि भर्खरै बाहिर ल्याएको छ ।’’ शनिबार, एउटा टेलिभिजन कार्यक्रमलाई अन्तरबार्ता दिदै उनले भने – ‘‘चैत देखी अहिले सम्म यो भाईर’सले म’रेको भनेर सरकारले २ सय मान्छेको डाटा दिएको छ । के अहिले सम्म यति मात्रै निधन हुन्थ्यो होला र ? त्यसैले यो हा’उगुजी हो । यो सरकारले हा’उगुजी फैलायो ।’’

कोरोना विश्वका धनि र ठुला राष्ट्रहरुले विकासशिल मुलुकहरुलाई तह’सनह’स बनाउने, उनिहरु सँग हात थाप्ने, अनुदान खाने, आश्रीत गराउने र आफुलाई ठुलो देखाउने उदेश्यले गरेको खेल भएको बताउदै उनले राज्यका ठुला मान्छेहरुले मास्क, स्यानिटाईजरका उद्योगपति बाट कमिशन खानको लागी लकडाउन गरिएको भनेर जनसमुदायमा व्यापक भएकोले  तत्काल सरकारले जनजिवन सामान्य गराउन लाग्नुपर्ने र कामहरु सुचारु गराउन तर्फ लाग्नुपर्नेमा उनको जोड छ।

भौतिक दुरी, सामाजिक दुरी कायम गर्ने, हात धुने र सरसफाईमा ध्यान दिनपर्ने बानी बसाल्ने कुरा राम्रो भएपनी कोरोनालाई हा’उगुजी बनाउन नहुनेमा आफुहरु सहमत भएको उनले बताए । साथै नगरसभामा कांग्रेसको दुई तिहाइ भएकै कारण कोभिड १९ रोकथामको लागी शारदा नगरपालिकालाई संघिय सरकारले एक रुपैया सहयोग नगरेको पनि उनले आरोप लगाए ।

‘महामा’री आउछ भनेर, के के न हुन्छ भनेर हामीलाई भनियो । क्वारेन्टाईनमा वसेका एकजना बरावर कति पैसा दिने भनियो तर उनिहरुलाई खाना ख्वाउनको लागी , सावुन स्यानिटाईजर किन्नको लागी एक रुपैया उपलब्ध गराईएको छैन ।’ उनले भने – ‘दिन नसक्ने सरकारले दिन्छु भनेर किन ढ्वाङ फुक्नुपर्याे ?