December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
‘सामुहिक आईसोलेसनमा बस्दा मानसिक एवम् शारीरिक समस्या उत्पन्न हुदोरहेछ’

‘सामुहिक आईसोलेसनमा बस्दा मानसिक एवम् शारीरिक समस्या उत्पन्न हुदोरहेछ’

घनश्याम गिरी

नमस्कार, म एक कोरोना पोजिटिभ बिरामी । सल्यान बहुमुखी क्याम्पसको आईसोलेसनमा बसिरहेको छु । मलाई अहिले सम्म कुनै पनि कोरना को लक्षण देखा परेको छैन ।

यस आईसोलेसनमा बस्दा मानसिक एवम् शारीरिक समस्या उत्पन्न हुदोरहेछ । यहाँ आएका बैदेशिक रोजगार बाट फर्केका मानिस सँग प्रत्यक्ष सम्पर्क नभएता पनि अप्रत्यक्ष रूपमा सम्पर्क भैहाल्दो रहेछ । तसर्थ झन डर त्रास हुदो रहेछ ।

हिजो को दिनमा दैनिक हजारौं मानिस मृत्यु हुने देशहरूमा अहिले होम आईसोलेसनको सुविधा छ । साथै हाम्रो देशको काठमाण्डौ, बुटवल, पोखरा, नेपालगन्ज, दाङमा समेत होम आइसोलेसन सुबिधा छ । जुन सामुहिक आईसोलेसन भन्दा होम आसोलेसन एकदमै प्रभावभारी हुदो रहेछ ।

कुनै पनि लक्षण देखा नपरेका जसमा अझ बढी गर्भवती, सुत्केरी महिला, बाल बच्चा र बृद्धलाई सामुहिक आइसोलेसन कष्टकर हुने मैले अनुभूति गरे । सामुहिक आसोलेसनमा ब्यतिगत सरसफाइ, दैनिक नृत्य कर्म गर्न कुरै छोडौ । सातामा समेत एक पटक पालो नआउने रहेछ ।

अझ कोरनाको औषधी अहिले सम्म नभएको हुदा हाम्रो घर भान्साका उपलब्ध टिमुर, लसुन, गुर्जो, मेथी, कागती र तातोपानी, तातो ओड्ने ओछ्याउने सजिलै होम ओइसोलेनमा नै उपलब्ध हुने भएको सल्यामा पनि होम आइसोलेसन को ब्यवस्था गरियोस ।

(घनश्याम गिरी, नेपाल गैर सरकारी महासंघ जिल्ला कार्य समिति सदस्य सल्यानका सदस्य हुनुन्छ।)