दैनिक ७५ हजार हाराहारीमा खर्चमा काठमाडौं महानगरका मेयर सोल्टी होटेलको आइसोलेसनमा
भाद्र २८,काठमाडौँ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य पत्नी र छोरासहित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसन सेन्टरमा बसेका छन् । गत १५ गते संक्रम’ण पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्ने बताएका मेयर शाक्य केही दिन घरमा बसेर परिवारसहित तारे होटलमा सरेका हुन् ।
होटल स्रोतका अनुसार झन्डै २० हजार रुपैयाँ शुल्क लाग्ने कोठामा चिकित्सकीय सुविधासहित बसेका शाक्यले प्रतिदिन २५ हजारभन्दा बढी शुल्क तिर्नुपर्छ । यद्यपि महानगरपालिकाले नागरिक स्तरबाट आलोचना हुने भन्दै शाक्यको होटल बासबारे बताउन चाहेन । स्रोतका अनुसार मेयर शाक्यको परिवारले लिएको तीनवटा कोठा र चिकित्सकीय सुविधासहित औसतमा दिनको ७५ हजार हाराहारीमा खर्च हुन्छ ।
पछिल्ला १२ दिनयताको होटल खर्च मात्रै ९ लाख हाराहारी पुगिसकेको छ । त्यतिका धेरै खर्च महानगरपालिकाले बेहोर्छ कि मेयर शाक्य आफैंले तिर्छन् भन्ने प्रश्नको उत्तर भने प्राप्त हुन नसकेको कान्तिपु’रले लेखेको छ ।
उपमेयर हरिप्रभा खड्कीले मेयर घरमै बसेको मात्रै आफूलाई जानकारी रहेको र ‘होटलमा रहेकोबारे जानकारी नभएको बताइन । महानगरपालिकाका सूचना अधिकारी नमराज ढकालले पनि मेयर होटलको आइसोलेसनमा बसेको भन्नेबारे आफूलाई जानकारी नभएको बताए ।
मेयर शाक्यसँग कुराकानी गर्न सोल्टी क्राउन प्लाजामा पनि सम्पर्क गर्दा फोन रिसिभ गरेका रिसेप्सनिस्टले सुरुमा एकैछिन कुराएर शाक्यसँग सोधेर सम्पर्क गराइदिने बताएको तर पछि शाक्यले सम्पर्क गर्न नचाहेको जानकारी गराए । यो समा’चार का’न्तिपुरले लेखेको छ ।
प्रतिकृया दिनुहोस्