September 20, 2026, Sunday
२०८३ आश्विन ५, सोमबार
सल्यानको शारदा नगरपालिकामा माओवादी केन्द्रबाट प्रमुखमा श्रेष्ठ र उपप्रमुखमा २ जना सिफारिस

सल्यानको शारदा नगरपालिकामा माओवादी केन्द्रबाट प्रमुखमा श्रेष्ठ र उपप्रमुखमा २ जना सिफारिस

६ बैशाख, सल्यान ।
सल्यानको शारदा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रले प्रमोद श्रेष्ठलाई सिफारिस गरेको छ। उनी कर्णाली प्रदेश कमिटी सदस्य तथा माओवादी केन्द्रको शारदा नगपालीकाका इन्चार्ज समेत रहेका छ्न।

त्यस्तैमा माओवादी केन्द्र शारदा नगरपालिकाले उपप्रमुखमा दुई जनाको नाम सिफारिस गरेको छ।

जसमा सदिक्षा घर्ती र हिरा बि.क रसाइलीको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ।

प्रमुखका दाबेदार श्रेष्ठ २०७४ को स्थानीय तहको निर्वाचनमा   पनि माओवादी केन्द्रबाट शारदा नगरपालिकाको प्रमुखमा लडेका थिए।