September 20, 2026, Sunday
२०८३ आश्विन ५, सोमबार
सल्यानको शारदा नगरपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने

सल्यानको शारदा नगरपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने

असार २९, सल्यान। सल्यानको शारदा नगरपालिकाले करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको छ।

बुधबार बसेको कार्यपालिका बैठकले करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको हो ।

२०७९ साउन १ गते देखि लागुहुने गरि ११४ जना करार कर्मचारीको सम्झौता थप नगर्ने निर्णय कार्यपालिकाले गरेको हो।

म्याद थप नगरिएका कर्मचारीहरुमा १०४ जना सडक मर्मत सम्भार कार्यकर्ता र १० जना सामाजिक परिचालक रहेका छन।