February 9, 2026, Monday
२०८२ माघ २७, सोमबार
सल्यानका स्थानीय तहहरु कार्य सम्पादन मुल्यांकनमा कमजोर

सल्यानका स्थानीय तहहरु कार्य सम्पादन मुल्यांकनमा कमजोर

२२  फागुन ,सल्यान ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन  मूल्याङ्कनमा सल्यानका  कुनै पनि स्थानीय तहले राम्रो अंक ल्याउन सकेका छैनन।  जिल्लामा रहेका दश स्थानीय तह मध्ये सबैभन्दा बढी अंक शारदा नगरपालिकाले प्राप्त गरेको छ भने सबै भन्दा कम अंक छत्रेश्वरी गाउँपालिकाले प्राप्त गरेको छ ।

आयोगका अनुसार शारदा नगरपालिकाले ५९.६६ अंक प्राप्त गरेको छ भने छत्रेश्वरी गाउँपालिकाको ३८.६० अंक प्राप्त गरेको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार त्रिवेणी गाउँपालिकाले ५५.२९, कालिमाटी गाउँपालिकाले ५४.९८ र कपुरकोट गाउँपालिकाले ५४.२४ अंक प्राप्त गरेका छन।
साथै सिद्ध कुमाख गाउँपालिकाले ४८.६५, बनगाड कुपिण्डे नगरपालिकाले ४६.४४, दार्मा गाउँपालिकाले ४५.९७, कुमाख गाउँपालिकाले ४५.२३ र बागचौर नगरपालिकाले ४३.६९ अंक प्राप्त गरेका छन् । 

कार्यसम्पादन मूल्याङ्कनको आधारको रुपमा आयोगले १७ वटा सूचक तय गरेको थियो ।

सल्यान जिल्लाका कुनै पनि स्थानीय तहहरुले भने ६० अंक ल्याउन सकेका छैनन। आगामी आर्थिक वर्षकालागि संघीय सरकारबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम यही मूल्याङ्कनको आधारमा सिफारिस हुनेछ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज