March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
शानपामा ७० बर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त, र अपाङ्गलाई घरमै स्वास्थ्य सेवा दिइने

शानपामा ७० बर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त, र अपाङ्गलाई घरमै स्वास्थ्य सेवा दिइने

असोज १५,सल्यान । सल्यानको शारदा नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिक,अशक्त अपाङ्गलाई घरमै गएर स्वास्थ्य सेवा दिने भएको छ ।

शुक्रबार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । अव देखि नगरपालिकाले प्रत्येक तिन / तिन महिनाको फरकमा ७० वर्षमाथिका ज्येष्ठ नागरिक अशक्त र अपङ्गलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने भएको हो ।

आफुले निर्वाचनको समयमा बोलेको कुरा पुरा गर्दै ज्येष्ठ,नागरिक असक्त, अपाङ्गहरु सामान्य उपचारकै लागि स्वास्थ्य संस्था जानु पर्ने बाध्यताको अन्त्य गर्न यस्तो निर्णय गरिएको नगर प्रमुख प्रकाश भण्डारीले बताए ।

स्वास्थ्यकर्मीहरू घरमै पुगेर मधुमेह, उच्चरक्तचाप लगायतका रोगको सामान्य स्वास्थ्य परिक्षण र औषधि वितरण गरिने स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले जानकारी दिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज