शानपाका प्रमुख प्रशासकीय अधिकृत २५ दिन देखी कार्यालयमा अनुपस्थित, ईमेल गरेर दिए निमित्त
साउन २४, सल्यान । सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठक २५ दिनदेखि कार्यालयमा अनुपस्थित रहेका छन ।
असार ३१ गते रातीसम्म भुक्तानीकाे काम हुन्छ भनेर सेवाग्राहीलाइ पर्खाएका पाठक ३१ गते दिउँसाेदेखि कार्यालयमा बाट गायव भएका हुन । आर्थिक वर्ष २०७७/७८ काे खाता असार ३० गते राती १२ बजेबाट बन्द भएपछी ३१ गते कार्यालयमा सेवाग्राहीकाे आक्राेश थेग्न नसकेपछि त्यहाँबाट निस्केकाे बुझिएकाे छ ।
गत आव. २०७७/०७८ मा ४५.२८ प्रतिशत मात्रै पुँजीगत ( खर्च ) भुक्तानी गरेको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत असार ३१ देखी अचानक हिडेपछि कार्यालय बाट हुने आर्थिकजन्य कामकारबाही हुन सकेका छैनन ।
असार मसान्त सुरु हुनुभन्दा हप्तादिन अघिदेखि नै भुक्तानीकाे लागि नगरपालिका पुगेका सेवाग्राहीकाे समेत अहिलेसम्म भुक्तानी हुन सकेकाे छैन् ।
यसरी भुक्तानी नपाउनेमा धेरैजसाे पिटाैलीकाे काम गर्ने मजुरहरु, सामाजिक परिचालकहरु रहेका छन् । त्यस्तै, सरकारले विद्यालयका कर्मचारीहरुकाे पाेसाकका लागि छुट्याइएकाे १० हजार रकममध्ये ४ हजार मात्रै भुक्तानी भएकाे छ भने ६ हजार भुक्तानी भएकाे छैन् ।
त्यस्तै अन्य धेरैजसाे याेजनाका कामहरुकाे पनि भुक्तानी भएकाे छैन् । शारदा नगरपालिकाबाट काम नहुँदा आर्थिक वर्ष २०७७/७८ मा झण्डै साढे ९ कराेडसम्मकाे बजेट फ्रिज भएकाे छ । जसमा मुख्यमन्त्री राेजगार कार्यक्रमकाे एक रुपैयाँ पनि खर्च नभएर फ्रिज भएकाे छ ।
कर्मचारीकाे लापरबाही र कमजाेरीका कारण मुख्यमन्त्री राेजगार कार्यक्रममा कुनै प्रगति देखिएकाे छैन् । जसले गर्दा केहि महिनालाइ भएपनि राेजगारकाे आसाले फारम भरेका नागरिकहरु नाराशामा देखिएका छन् ।
उनि कुन प्रयाेजनका लागि यति लामाे बिदामा बसेका हुन् भन्ने कार्यालयलाइ समेत कुनै जानकारी नभएकाे कार्यालय श्राेतले जनाएकाे छ ।
पाठकले भने साउन १५ गते इमेल मार्फत नगरपालिकाको शिक्षा शाखा प्रमुख लिलाधर बवाललाई निमित्त प्रमुख प्रशाकिय प्रमुखको जिम्मेवारी दिएको बवालले बताए । प्रशासनिक कामको लागि बवाललाई निमित्तको जिम्मेवारी दिएपनी आर्थिक अधिकार नभएकोले बजेट तथा पुरानो योजना भुक्तानीका काम हुन सकेका छैनन् ।
तर प्रशासकीय अधिकृत पाठकले आफ्नाे परिक्षा भएकाेले बिदामा रहेकाे बताएका छन् । हामीसँग भएको कुराकानीमा उनले भने, ‘मैले सबै काम सकाएर काठमाडाैं आएकाे हुँ । प्रशासकीयकाे जिम्मेवारी निमित्तलाइ दिएकाे छु । अरु काम लेखाले गर्ने हाे ।’ परिक्षा भएकाेले कहिले आउने भन्नेबारे फिक्स नभएकाे उनले बताए ।
यता लेखा शाखाले भने प्रशासकीय अधिकृत नहुँदा भुक्तानीकाे काम नहुँने जनाएकाे छ । लेखापाल पुर्णभक्त राणाले भने , ‘अघिल्लाे वर्ष भुक्तानी नभएका फाइलहरु याे वर्ष भुक्तानी गर्नलाइ मलेपाले तयार बनाएको र हाकिमसाब आएपछि मात्रै ति फाइलहरुकाे भुक्तानी हुने बताए ।
#शानपा
प्रतिकृया दिनुहोस्