June 13, 2024, Thursday
२०८१ जेष्ठ ३१, बिहीबार
सल्यानमा मोटरसाइकलको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते

सल्यानमा मोटरसाइकलको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते

 

चैत २३, सल्यान । सल्यानमा मोटरसाइकलको ठक्करबाट एक बिद्यार्थी गम्भीर घाइते भएका छिन ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा न. ३ दारिमज्युलाका २४ बर्षीय डिसेम्बर खड्काले चलाएको रा. ४ प. ५६७ नम्बरको मोटरसाइकलले रुकुम पश्चिम आठबिसकोट नगरपालिका ४ घरभइ पढाईको सिलसिलामा कोठा लिई बस्ने १८ बर्षीय बिर्सना के.सी. लाई ठक्कर दिदा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

बिहिवार करिव ३:३० बजेको समयमा छत्रेश्वरी गाउँपालिका वडा न. ६ को शारदा माध्यमिक बिधालय शंखमुल स्कुलको गेट नीर उक्त दुर्घटना भएको थियो । केसी शारदा मा.विमा बाली बिज्ञान बिषय अध्यन गर्दैछिन ।  ठक्करबाट घाइते भएकी उनको टाउकोमा गहिरो चोट लागेको छ ।

उनको शारदा न.पा. १ श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा सामान्य उपचारपछि थप उपचारकोलागि नेपालगंज बाँके रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।