March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
सल्यानमा एक महिला आफ्नै घरमा मृत फेला : श्रीमान प्रहरी नियन्त्रणमा

सल्यानमा एक महिला आफ्नै घरमा मृत फेला : श्रीमान प्रहरी नियन्त्रणमा

 

फागुन ०७, सल्यान । सल्यानमा एक महिला आफ्नै घरमा मृत फेला परेकी छिन ।

जिल्लाको बागचौर नगरपालिका १० बाङगेखर्क निवासी ३३ बर्षीय टिका खड्का आइतबार बिहान करिव १:५० बजेको समयमा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

उनी घरको भान्सा कोठामा मृत भेटिएकी थिइन । घटनाको बारेमा जानकारी आए पश्चात उक्त स्थानमा ईलाका प्रहरी कार्यालय थारमारे बाट प्र.नि. कनक बहादुर शाहीको कमाण्डमा Soco सहित ७ जनाको प्रहरी टोली खटिएको थियो ।

घटनाको प्रारम्भिक जानकारी अनुसार लास घटना स्थलमा रहेको र मृतक हिजो देखी पेट दुख्ने बिरामी रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ । उनको साथमा ३ बर्षको छोरापनि थिए ।

मृतकका माईति पक्षले भने हत्या श्रीमानले गरेको आरोप लगाएका छन ।

मृतकको लास जाच लगायत घटना स्थलको प्रारारम्भिक कार्य पुरा गरी पोस्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान तर्फ पठाएको छ ।

प्रहरीले आवश्यक अनुसन्धानको श्रीमान रमेश खड्कालाइ नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज