सल्यानमा एक युवाले ‘छोटेराजा’ भनेपछि वडाध्यक्षले दिए यस्तो चेतावनी (बिज्ञप्ति सहित)
कार्तिक २६, सल्यान । सल्यानमा एक युवाले वडाध्यक्षलाई सामाजिक संजालमा ‘छोटेराजा’को संज्ञा दिएको भन्दै उक्त अभिव्यक्त नसच्याए सम्म वडा कार्यालयले दिने सबै सेवा सुविधा बाट उनलाई बन्चित गर्ने घोषणा गरेको छ ।
जिल्लाको बागचौर नगरपालिका वडा नं ४ को कार्यालयले सोही वडाका युवा दिल बहादुर केसीलाई उक्त अभिव्यक्ति नसच्याएसम्म कार्यालय दिने सेवा बाट उनलाई बन्चित गर्ने बताएको हो ।
शुक्रवार एक प्रेस बिज्ञप्ति जारी गर्दै वडाध्यक्ष प्रेमबहादुर पुनले यस्तो घोषणा गरेका हुन । बिज्ञप्तिमा उनले वडाध्यक्ष र सदस्य समेतलाई छोटेराजाको दमनको संज्ञा दिएर चरीत्र हत्या गरेकोले उक्त कमजोरी नसच्याएसम्म सेवा सुविधा बाट बन्चित गर्ने बताएका छन ।
ति युवाले केही दिन पहिला देखि ‘आफ्नो भाइले बिहे गरेको ५/६ महिना पछि माइतीले बलात्कारको मुद्दा लगाएको र जनप्रतिनिधिले मुद्दा नमिलाइदिएको भन्दै वडाध्यक्ष र सदस्यलाई सामाजिक संजालमा ‘छोटेराजा’को संज्ञा दिएर शृङ्खलाबद्ध स्टाटस लेखेका थिए ।
हेर्नुहोस्, बिज्ञप्तिको पूर्णपाठ :
प्रतिकृया दिनुहोस्